काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २ / २ जना तथा माओबादी, रास्वपा र राप्रपाबाट १ / १ सांसद रहनेगरी समिति बनाएको हो ।
छानबिन समितिको संयोजकमा एमालेका सूर्यबहादुर थापा र सदस्यमा सरिता भुषाल रहेका छन् भने सदस्यमा नेपाली कांग्रेसका इश्वरी न्यौपाने र बद्री पाण्डे रहेका छन् । त्यसैगरी माओबादीबाट लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । छानबिन समितिको समय ३ महिना रहनेछ । त्यसैगरी समितिले समस्याग्रस्त घोषित २० सहकारीसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका भनिएका सहकारी सहित २९ सहकारीको छनबिन गर्नेछ ।
Leave a comment