सहकारी मन्त्रालयलाई ६ अर्व ८२ करोड, ५ लाखसम्मको बचत फिर्ताकालागि सरकारले सहजीकरण गर्ने 

सहकारी मन्त्रालयलाई ६ अर्व ८२ करोड, ५ लाखसम्मको बचत फिर्ताकालागि सरकारले सहजीकरण गर्ने  :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्व ८२ करोड विनियोजन गरेको बताएका छन् । उनले आर्थिक वर्ष २०८१  / ०८२ को वार्षिक बजेट सार्वजनिक गर्दै मन्त्रालयमार्फत उक्त बजेट विनियोजन गरेको बताए ।

साथै सहकारी कानुनको आवश्यक संसोधन गरी सहकारी संचालन गर्ने ब्यवस्था मिलाउने बताए । त्यसैगरी बचत तथा ऋण सहकारीको नियमनकलागि छुट्टै नियमक निकाय स्थापना गर्ने बताए । त्यसैगरी बचत तथा ऋण सहकारीलाई गाभिन सहजीकरण गर्ने बताए ।

बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानकालागि सहकारीका संचालक र एकाघरमा रहेका सदस्यको धितोको सुरक्षणमा ५ लाख सम्मका बचतकर्ताको रकम फिर्ता गर्न रकम उपलब्ध गराएने जनाए।



Leave a comment