काठमाडौं । संघिय सहकारी विभागले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ र नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ खारेजी गर्ने चेतावनी दिएको छ । विभागले बिहिबार सूचना प्रकाशन गरी निर्देशन पटक पटक अटेर गरेकोले पूनः १५ दिने सूचना प्रकाशन गरेको छ ।
संघले सूचना जारी गरेको नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई राष्ट्रिय सहकारी महासंघका संचालक हुन् । त्यसैगरी नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघका महासचिव खेमराज सुवेदी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक हुन् ।
चौलागाई उक्त केन्द्रीय संघको प्रतिनिधित्व गर्दै महासंघमा संचालक बनेका छन् भने सुवेदी प्रारम्भिक संस्थाबाट प्रतिनिधित्व गरेर नेफ्स्कूनका संचालक बनेका छन् । उनी महासचिव रहेको स्वास्थ्य केन्द्रीय सहकारी संघको लामो समयदेखि साधारण सभा नै हुन सकेको छैन् । त्यसैगरी विभागले नेपाल विद्युत केन्द्रीय सहकारी संघ लाई पनि कोपोमिसमा आवद्ध हुन भनेको छ भने विभिन्न उद्देश्यका १९ वटा प्रारम्भिक संस्थाहरुलाई पनि सूचना जारी गरेको छ ।
विभागले उक्त संघहरुलाई कोपोमिस प्रणालीमा अनिवार्य आवद्द हुन पटक पटक सूचना जारी गरेपनि बेवास्तता गर्दै आएको जनाएको छ । विभागको सूचनामा भनिएको छ, सबै सहकारी संघसंस्थाहरुले यस विभागले तोकेको एकिकृत व्यवस्थापन सूचना प्रणालीमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने भएता पनि विभागको कार्यक्षेत्रका २६ संघसंस्था उक्त प्रणालिमा आवद्ध हुन अटेरी गरेको जनाइएको छ ।
यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ संस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १५ (पन्ध्र) दिनभित्र कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नुहोला । अन्यथा सहकारी ऐन, २०७४ को दफा ८८ बमोजिम संस्था खारेजीसम्मको कारवाही प्रक्रिया अगाडी बढाईने सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जनाए ।
कोपोमिसमा आवद्ध हुन अटेर गर्ने सहकारी संघ संस्थाहरु
- नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ
- नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ
- नेपाल विद्युत केन्द्रीय सहकारी संघ
- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणोदय बहुमुखी सहकारी
- नवलपरासी (बर्दघाट सुस्तापूर्व) जनकल्याण बहुमुखी सहकारी
- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नारी कृषि सहकारी संस्था लि.
- महिला उधमी उपभोक्ता सहकारी काठमाडौं
- मेट्रो बचत तथा ऋण सहकारी काठमाडौं
- सुनकोशी बहुउद्देश्यीय सहकरी फाइनान्स
- पुष्पलाल मेमोरियल इनर्जीको अपरेटिभ
- पुरन्धारा सामूदायीक बिद्युत सहकारी संस्था
- रिघा मनेवा दरमखोला जलविद्युत सहकारी
- अमोल कृषि सहकारी संस्था लि.
- शिलादेवी कृषि सहकारी संस्था लि.
- वाणी प्रकाशन सहकारी संस्था लि.
- श्री पूर्वाञ्चल बहुउद्देश्यीय सहकारी संस्था
- उज्यालो स्यार्पु जल विधुत सहकारी संस्था
- कामी बुढा स्मृति जन कृषि सहकारी संस्था
- कामीवुढा स्मृती ग्रामिण जन विधुत सहकारी
- भिजन कृषि सहकारी संस्था
- मुसीकोट भाग्ले विधुत सहकारी संस्था
- राप्ति समाज स्वास्थ्य सहकारी संस्था
- शाई कुमारी पशुपालन सहकारी संस्था
- हाम्रो वचत तथा ऋण सहकारी संस्था
- मेघावी कृषि सहकारी संस्था लि
- ग्रामिण स्वास्थ्य सेवा सहकारी संस्था
Leave a comment