Sahakari Akhabar

सहकारीका समस्यामा कांग्रेसको चासो, सातै प्रदेशमा सहकारी शिक्षा तालिम संचालन गर्ने

सहकारीका समस्यामा कांग्रेसको चासो, सातै प्रदेशमा सहकारी शिक्षा तालिम संचालन गर्ने :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा समस्या बढ्दै गएपछि नेपाली कांग्रेसले चासो लिएको छ । कांग्रेसको सहकारी विभागले सातै प्रदेशमा सदस्यमा सहकारी शिक्षा तालिम कार्यक्रम संचालन गर्ने भएको हो। नेपाली कांग्रेसको सहकारी विभागको आज बसेको बैठकले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्दै सहकारीका समस्या समाधानमा जिम्मेवार बन्न निर्देशन समेत दिएको छ।

सहकारी विभागका संयोजक देवेन्द्रराज कंडेलले सातै प्रदेशमा सहकारी शिक्षा तालिम गर्न राजेन्द्र पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्दै सदस्यमा सहकारी शिक्षा पुर्याउन आवश्यक रहेको बताए ।

त्यसैगरी सहकारी विभागका सचिव चन्द्रप्रसाद ढकालको संयोजकत्वमा पाँच सदस्यीय समस्या समाधानकालागि सुझाव समिति समेत गठन भएको छ । संयोजक कंडेलले अन्य प्रदेशस्तरिय समिति समेत गठन गरेका छन् । समितिले सहकारीका समस्या पहिचान गरि समाधानकालागि सरकारलाई सुझाव दिनेछ ।

नेपाली कांग्रेस पर्टीको सहकारी विभागको आज बसेको पहिलो बैठकले सहकारी सुद्धिकरणकालागि सरकारलाई पार्टीको सुझाव बुझाउनेलगायत आठवटा निणर्य गरेको छ । विभागले जिम्मेवारीको बाँडफाँट गर्दै सहकारीका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई तत्काल सुझाव बुझाउने निणर्य गरेको हो ।

सहकारी विभागका संयोजक कंडेलले सहकारी क्षेत्रलाई मर्यादित बनाउन पार्टीको पनि कर्तव्य रहेकोले विभागका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको बताए । कंडेलले विभागमा केही दिन अघि मात्र १०जना सदस्य नियुक्त गरेका थिए । विभागले चन्द्रप्रसाद ढकाललाई विभागको सचिवको जिम्मेवारी दिएको छ भने सहसंयोजकमा भानुभक्त ढकाललाई चयन गरेको छ ।

बैठकमा सहकारी विभागका सदस्यहरुले सहकारीलाई ब्यवस्थित र मर्यादित बनाउन सहकारी शिक्षा जरुरी रहेको सुझाव दिएका थिए । बैठकमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौड्याल, गोमा नेपाल, पदम दाहाल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनालले सुझाव राखेका थिए ।

त्यसैगरी बैठकमा आमन्त्रित सदस्यमा सिताराम काफ्ले, इन्द्रज्योती पौड्याल, बिमला श्रेष्ठ, खिलानाथ दाहाल, अमरावती महर्जन, शिवलाल महतो, भगवती बस्याल र माधव थापाले सुझाव दिएका थिए । विभागले आगामी दिनमा नियमित बैठक बसेर सहकारीका समस्या समाधनकालागि पहल गर्ने निणर्य गरेको छ ।



Leave a comment