हाइलाइट

गौतमश्री सहकारी पनि ‘समस्याग्रस्त सहकारी’ घोषणा

गौतमश्री सहकारी पनि ‘समस्याग्रस्त सहकारी’ घोषणा :: Sahakari Akhabar

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

उक्त सहकारीले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरि सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च¬) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।’ सूचनामा भनिएको छ । यो संगै समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाको संख्या २० पुगेको छ ।


 



Leave a comment