काठमाडौं । विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गरिने ‘ठाकुर वेदराम अन्तर्राष्ट्रिय सम्मान’ सहकारी क्षेत्रको नेपालबाट पहिलो राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पाएकी थिइन् । मल्लले सन् २०१८ मा उक्त सम्मान प्राप्त गरेकी थिइन ।
नेपालको सहकारी अभियानमा अनवरत रुपमा योगदान गरेको भन्दै भारतको हिमाञ्चल प्रदेशस्थित कुलु जिल्लामा रहेको संस्थाले सन् २०१८ अप्रिल २१ मा एक कार्यक्रम गरी उक्त सम्मान प्रदान गरेको थियो । नेपालको सहकारी आन्दोलनमा तीनदशक व्यतीत गरिसकेकी मल्ल, तत्कालिन संविधान सभा सदस्य समेत थिइन ।
नेपालको सहकारी अभियानको साढे ६ दशक बढीको इतिहासमा आईसीए सञ्चालक हुने र एकसय बर्ष पुरानो आईसीएको इतिहासमा पहिलो नेपाली महिला सञ्चालकका रुपमा मल्लले सम्मान पाएकी थिइन् ।
अन्तराष्ट्रिय सम्मानले आफूलाई नेपालको सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर भएको र यो सम्मानले आफूलाई सहकारी क्षेत्रमा निरन्तर लाग्ने थप जिम्मेवारी बोध गराएको थियो, मल्लले भनिन् । उनले भनिन्, यो वर्ष पनि सहकारी क्षेत्रबाट योगदान गर्ने अभियन्ता नेपालबाटै छनोट भएकोमा शम्भु घिमिरेलाई बधाइ छ,।
भारतको हिमाञ्चल प्रदेशमा रहेको भुट्टी हातेबुनाई तथा हस्तकला सहकारी सोसाइटीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गर्दैआएको छ । सोसाइटीले प्रत्येक वर्ष समुदायको आर्थिक तथा सामाजिक विकासका साथै सहकारी अभियानको सबलीकरणका लागि सहकारी सँगै हातेबुनाई, साहित्य, छापा तथा विद्युतीय सञ्चारमाध्यमा संलग्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
सोसाइटीले यो वर्ष नेपालका सहकारी अभियन्ता शम्भु घिमिरेलाई पुरस्कृत गर्ने भएको हो । सामाजिक अभियन्ता ठाकुर बेदरामको जन्मजयन्तीको पूर्व सन्ध्या २१ अप्रिलमा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिदैछ ।
भारतको हिमाञ्चल प्रदेशमा रहेको भुट्टी हातेबुनाई तथा हस्तकला सहकारी सोसाइटीले समुदायको आर्थिक तथा सामाजिक विकासका साथै सहकारी अभियानको सबलीकरणका लागि काम गर्दै आएको छ । ठाकूर बेदराम हाते उनबाट बनाइएका सामाग्रीहरु उत्पादनका लागि प्रख्यात भारतीय सहकारी– भुट्टीकोको अग्रज मानिन्छ ।
Leave a comment