काठमाडौं । संघिय सहकारी विभागले देशभरका सहकारीको डाटा (तथ्याङ्क ) अद्यावधिक गर्ने भएको छ । विभागले आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतका निकायलाई उपलब्ध गराउन विभागले सहकारीको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो ।
विभागले सबै स्थानीय तहलाई परिपत्र गरी एक महिना भित्र विभागको ईमेल ठेगाना मार्फत नियमन क्षेत्रभित्र पर्ने सहकारीको विवरण पठाउन भनेको छ । विभागले कुल सहकारी संस्था, कुल सदस्य संख्या, महिला सदस्य, पुरुष सदस्य, कुल शेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी र प्रत्यक्ष रोजगारीको संख्या सहितको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको छ ।
यस अघि संघीय सहकारी विभागले २०७७ पुस २० गते प्रदेश र स्थानीय तहबाट प्राप्त भएको तथ्याङ्कको आधारमा सहकारी झलक, २०७७ प्रकाशन गरेको थियो ।
तीन वर्षदेखि सहकारीको तथ्याङ्क अध्यावधिक भएको थिएन । सहकारीको विस्तृत तथ्याङ्क संकलनमा सहकारीको महा संघलेसमेत चासो नदिँदा सहकारी क्षेत्रको बारेमा प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न र बजेट विनियोजनलगायतको समस्या भएको छ । पछिल्लो विवरण अनुसार देशभर ३१ हजारसहकारी रहेको अनुमान मात्र गरिएको छ ।
Leave a comment