हाइलाइट

लालीगुराँस सहकारीलाइ समस्याग्रस्त सूचीबाट हटाउन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको माग

लालीगुराँस सहकारीलाइ समस्याग्रस्त सूचीबाट हटाउन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको माग :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीको लिष्टबाट हटाउन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले माग गरेको छ ।

संघले प्रेस विज्ञप्ती प्रकाशन गरी उक्त संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयको उक्त निर्णय फिर्ताको लागि अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा संघको सदस्य संस्था श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई छलफलको क्रममा रहेको अवस्थामा मन्त्रालयले प्रेश विज्ञप्ति जारी गरी समस्याग्रस्त घोषणा गरिएको छ ।

सहकारी संस्थाको दैनिक कार्यलाई निरन्तरता दिँदै संस्था सञ्चालनमा रहेको तथा सदस्यहरुको बचत फिर्तालाई विशेष ध्यान दिँदै सोही अनुरुप पहल गरी बचत फिर्ता गर्दै आईरहेको उक्त संस्थालाई मन्त्रालयद्धारा समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयको समस्याग्रस्त घोषणा सम्बन्धी कार्यले सहकारी संस्थाहरुको समस्या समाधान हुन नसक्ने व्यहोरा विगतका दिनहरुमा सहकारी व्यवस्थापन समितिले गरेको कार्य प्रगतिबाट अनुभव गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।

विगतका वर्षहरुमा घोषणा गरिएका सहकारी संस्थाहरुको समेत सदस्यहरुले बचत फिर्ता नपाएर आन्दोलनमा उत्रिएको अवस्था आएको परिपेक्षमा अनपेक्षित रुपमा विभाग तथा मन्त्रालयद्वारा संस्था सुधारको लागि आवश्यक निर्देशन नै नदिई तथा संस्थाले ६ महिनाको समय माग गर्दा समेत सोको वेवास्ता गरी संस्थालाई समस्याग्रस्त घोषणा गरिएकोमा उजुरी गर्ने सदस्यको ३ गुणा भन्दा बढी सदस्यहरुले सहकारी विभाग समक्ष संस्था समस्याग्रस्त घोषणा खारेजी गरी पाउँ भनी निवेदन दिँदा समेत सोको वेवास्था गरी एकतर्फी रुपमा समस्याग्रस्त घोषणा गरिएकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्नु मात्र समस्या समाधान नभएको हुँदा, सहकारी विभाग तथा मन्त्रालयको उक्त कार्यलाई पुनः विचार गरी निर्णय फिर्ता लिई उचित तवरले सहकारी संस्थाहरुको समस्या सम्बोधन गरी संस्था सञ्चालन गर्ने वातावरण बनाईदिनहुन विशेष अनुरोध गरिन्छ विज्ञप्तीमा उल्लेख छ ।



Leave a comment