काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून) का पूर्व अध्यक्ष एवं दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु घिमिरे भारतको हिमाञ्चल प्रदेशको ठाकूर बेदराम पुरस्कारमा छनोट भएका छन् । घिमिरेलाई भारतको हिमाञ्चल प्रदेशमा रहेको भुट्टी हातेबुनाई तथा हस्तकला सहकारी सोसाइटीले पुरस्कृत गर्ने भएको हो ।
सोसाइटीले प्रत्येक वर्ष समुदायको आर्थिक तथा सामाजिक विकासका साथै सहकारी अभियानको सबलीकरणका लागि सहकारीसँगै हातेबुनाई, साहित्य, छापा तथा विद्युतीय सञ्चारमाध्यमा संलग्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्दैआएको छ।
यो वर्ष उक्त पुरस्कारको लागि नेपालको सहकारी अभियन्ता शम्भु घिमिरेलाई छनोट भएका छन् । पुरस्कार ठाकुर बेदरामको जन्म जयन्तीको पूर्व सन्ध्या २१ अप्रिलमा प्रदान गरिदै छ । घिमिरे २०५२ सालदेखि सहकारी अभियानमा सकृयरुपमा लागिरहेका छन् ।
भारतको हिमाञ्चल प्रदेशमा रहेको भुट्टी हातेबुनाई तथा हस्तकला सहकारी सोसाइटीले समुदायको आर्थिक तथा सामाजिक विकासका साथै सहकारी अभियानको सबलीकरणका लागि काम गर्दैआएको छ ।
पुरस्कार सहकारीसँगै हातेबुनाई, साहित्य, छापा तथा विद्युतीय सञ्चारमाध्य क्षेत्रमा संलग्न व्यक्तिहरुलाई बुनाईको क्षेत्रका प्रख्यात व्यक्तित्व ठाकुर बेदरामको नाममा स्थापना गरिएको हो । ठाकूर बेदराम हाते उनबाट बनाइएका सामाग्रीहरु उत्पादनका लागि प्रख्यात भारतीय सहकारी– भुट्टीकोको अग्रज मानिन्छ ।
Leave a comment