हाइलाइट

सहकारीमा तरलता होइन विश्वास आवश्यक : पूर्व सचिव मैनाली 

सहकारीमा तरलता होइन विश्वास आवश्यक : पूर्व सचिव मैनाली  :: Sahakari Akhabar

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीमा तरलता अभाव भन्दा पनि विश्वासको अभाव भएको बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘कानुन कार्यान्वयन र अभियान शुद्धिकरणका लागिः सहकारी एकीकरण र वर्गिकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले ‘संस्थामा तरलता होइन विश्वास आवश्यक रहेको बताएका छन् ।

पूर्व सचिव मैनालीले अमेरिकाको सहकारी अभियानको उदाहरण दिंदै भने, अमेरिकामा सहकारीमा सिडी रेसियो हँुदैन, किनभने त्यहाँका वित्तीय संस्थामा विश्वासको अभाव छैन’ ।

त्यसैले सहकारीले सदस्यको विश्वास जित्न आवश्यक छ, उनले भने । उनले ३१ हजार सहकारीको संख्या नै मुख्य समस्या भएको हुँदा एकीकरणबाट संस्थाहरुको संख्या घटाई दाहोरो सदस्य समेत कम गर्नसहयोग गर्ने बताए ।

सहकारीमा वित्तीय सुचकांक, संस्थागत शुसासन र जवाफदेहीतालाई आधार मानेर एकीकरण गर्न सकिने उनको भनाइ छ । पूर्व सचिव मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो हुन नसकेको भन्दै ४७ वटा कानुनले सहकारीलाई नचिनेको पनि बताए ।

एकीकरणमार्फत जोखिम व्यवस्थापनमा सघाउ पुग्ने भन्दै सरकारले २०६२ सालबाट नै एकीकरण कायक्रम सुरु गरको उनले बताए ।

एकीकरणले संस्थाको छवी सुधार, व्यवसायको विस्तार र सुशासन कायम गर्न सहयोग पुग्ने उनले बताए । कमजोर स्वनियमन, संस्था भित्र सदस्य केन्द्रियताको अभाव र नियमकीय अलमल सहकारीको समस्या भएको मैनालीको भनाई छ ।

कार्यपत्र माथि टिप्पणी गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा दुई बर्षदेखि समस्या आएपनि राज्यबाट कुनैपनि संस्थाको प्रभावकारी नियमन नभएको बताए ।

सहकारीमा नियमन कमजोर रहेको र ३१ हजार सहकारी संस्थाको कसरी नियमन गर्ने भन्ने पद्धतीको अभाव रहेको उनले जनाए । प्रभावकारी नियमन नहुँदा सहकारीमा विकृति बढेको ढकालले बताए ।

सहकारीमा एकीकरण सँगै विभाजन पनि सुरु भएको भन्दै उनले विभाजन किन गर्ने भन्ने कुरा उठाउन आवश्यक रहेको उनको भनाई छ ।

राष्ट्रिय सहकारी महासंघले सन् २०३० भित्र एकीकरण मार्फत ३१ हजार सहकारीलाई १० हजारमा झार्ने भने पनि त्यसको विधिका बारेमा आफु नै अनविज्ञ रहेको उनले सुनाए ।



Leave a comment