काठमाडौं । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सहकारीका समस्यामा सहजीकरण गर्न कार्यालय तयार रहेको बताए । सामाजिक पुँजी निमार्ण, नेतृत्व तथा सामुदायिक विकासमा सहकारीले काम गरेको बताए । रोजगारी सृजना र उत्पादन वृद्धिमा सहकारीले काम गर्दै आएको भए पनि कुन क्षेत्रमा कति ऋण लगानी गर्ने भन्ने योजना बनाउन नसक्दा समस्याग्रस्त बन्दै गएको उनले बताए ।
ऋण लगानीको क्षेत्र पहिचान गरी जोखिमयुक्त क्षेत्रमा ऋण लगानी नर्गन सुनुवारले सल्लाह पनि दिए । केही सदस्यले बहानामा बचत फिर्ता मागेको भए पनि धेरै सदस्यले आवश्यकता परेरै बचत फिर्ताको लागि सरकारी कार्यालय धाउने गरेको उनको भनाई छ।
कतिपय सहकारीका संचालक फोन सम्र्पकमा हुन छाडेको र कतिपय संचालक देश बाहिर समेत फरार भएको गुनाँसो आउने गरेको बताए । सहकारीमा शुसासन कायम गर्नु नै अहिलको आवश्यकता रहेको र त्यसका लागि अध्यक्ष नै मुख्य जिम्मेवार रहेको उनको भनाई छ ।
सहकारीको नियमनमा जिल्ला प्रशासनको भूमिका नहुने र सहकारी स्वः नियमनमा चल्नुपर्ने बताए । घर जग्गा र हायर पर्चेजमा ऋण लगानी गर्दा समस्या आउने भएकाले त्यस्ता क्षेत्रमा ठूलो लगानी नगर्न उनले सुझाए । संचालकले हरेक क्षेत्रमा सुश्म अध्ययन गरेर अगाडी बढे समस्या आउँदा समाधान गर्न सक्ने उनको बुझाई छ ।
जोखिमलाई विश्लेषण नगरी ऋण लगानी गरेकाले त्यसको उत्तरदायित्व संचालकले नै लिनुपर्ने उनले जोड दिए । जिल्ला प्रसासन कार्यालयमा हरेक दिन बचतकर्ता समस्या लिएर आउने गरेको उनले बताए ।
केही सहकारी सिद्धान्त बाहिर संचालन भएको र सदस्यको बचतलाई आफ्नो सम्झेर परिचालन गर्दा समस्या आएको उनले बताए । सहकारीको इस्यु राजनितिक देखि नागरिकको तहसमम्म पुगेकाले त्यसको सहजीकरण गर्न कार्यालय तयार रहेको उनले जानकारी दिए ।
शुसासन, जवाफदेहीता र पारदर्शिताको विषयमा आफै स्वः मूल्याङकन गर्न आग्रह गर्दै उनले आफ्नो संस्था समस्याको ग्रेडिङ आफै गर्नुपर्ने बताए ।
संस्थाको राम्रो पक्षलाई जोगाउँदै सुधार गर्ने क्षेत्रहरुको पहिचान गरेर अगाडी बढ्न उनको भनाई छ । जहाँ जे छ त्यसमा सुधारेर जानु पर्ने र नियमसंगत काम गर्न उनको आग्रह छ । सदस्यले विश्वास गरे अहिलेको समस्या ५० प्रतिशत हल हुने उनले बताए ।
Leave a comment