हाइलाइट

बोनम्यारो पिडित सहकारीकर्मीको जीवनरक्षाका लागि सहयोगको अपिल

बोनम्यारो पिडित सहकारीकर्मीको जीवनरक्षाका लागि सहयोगको अपिल :: Sahakari Akhabar

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बासुदेव घिमिरेको जिवन रक्षाकालागि सस्थाले सहयोगको अपिल गरेको छ ।  विगत ४ महिनादेखि बोनम्यारोमा समस्या आई बानेश्वरको सिभिल अस्पतालमा उपचार गराईरहेका घिमिरेलाई उपचारार्थ सहयोग गर्न सहकारी संघ संस्था तथा सहकारीकर्मीसंग सहयोगको अपिल गरेको छ ।

उनको उपचारकालागि डाक्टरले छिटोभन्दा छिटो बोनम्यारो प्रत्यारोपण गर्न सल्लाह दिएको र पैसाको अभाव भएकाले उनको जीवन रक्षाका लागि सवैबाट सक्दो आर्थिक सहयोग गरिदिनुहुन सहकारी संघ÷संस्था तथा सहकारीकर्मी हरुमा संस्थाले अनुरोध गरेको छ ।

उनलाई सहयोग गर्नचाहनेहरुले हिलटल जुनार बहुउेद्दश्यीय सहकारीको कुमारी बैंकमा रहेको खाता नम्बर २३५०१५५२०६१००००१ मा आर्थिक सहयोग उपलब्ध गराउन सक्ने जनाइएकोछ ।

 



Leave a comment