एउटा मात्र संयन्त्रले सहकारीको समस्या समाधान गर्न सकिदैनः सचिव दुवाडी

एउटा मात्र संयन्त्रले सहकारीको समस्या समाधान गर्न सकिदैनः सचिव दुवाडी :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको समस्या एउटा मात्र संयन्त्रले समाधान गर्न नसक्ने बताएका छन् । उनले समस्याग्रस्त सहकारीको संख्या डेढ दर्जन भईसके पनि एउटा संयन्त्रले ती संस्थाको समस्या समाधान गर्न नसकिने बताए ।

सहकारी विभागले आयोजना गरेको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेकहोल्डर्स’ कार्यशाला गोष्ठीमा रचिव दुवाडीले सहकारीमा स्वनियमन र आन्तरिक सुशासन, जवाफदेहिता र वित्तीय सुशासन चुनौतीपूर्ण रहेकोले समस्या आएको बताए ।

सञ्चालकहरुमा पनि जवाफदेहिता र इमान्दारिताको प्रश्न उठ्न थालेको भन्दै सचिव दुवाडीले यसले गर्दा सहकारीमा सदस्यको विश्वासको संकट गहिरिदै गएको बताए । सञ्चालकहरु सदस्यप्रति जवाफदेहि नभएकाले बचत फिर्ताको उजुरी बढ्दै गएको उनले जानकारी दिए ।

बचत फिर्ताको माग राख्दै पीडित बचतकर्ताले सरकारी कार्यालयहरुमा धर्ना, घेराउ र आन्दोलन गरिराखेको भए पनि बचत फिर्ता पाउन नसकिराखेको उनले बताए ।

सीमित संस्थामा परेको समस्याको मार समुदायमा राम्रोसँग सञ्चालन भएका सहकारीले खेप्नु परेको उनको भनाई छ । सदस्यहरुको विश्वास जित्न सके मात्र सहकारीको समस्या समाधान हुन सक्ने उनले प्रष्ट पारे । सहकारीका सरोकारवाला हरुसंग गरिएको दुईदिने गोष्ठी आज सकिनेछ ।



Leave a comment