बचतकर्ताको समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्छ : महासंघ अध्यक्ष मल्ल

बचतकर्ताको समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्छ : महासंघ अध्यक्ष मल्ल :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीका पिडित बचतकर्ताको समस्या सम्बोधन गरिनुपर्ने बताएकी छन् । उनले बचतकर्ताको समस्या सम्बोधनकालागि सरकार र अभियान दुवै पक्ष एक जुट हुनुपर्ने पनि बताइन् ।

सहकारी विभागले आयोजना गरेको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेकहोल्डर्स’ कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष मल्लले सहकारीमा समस्या आउनुमा को को दोषी हो खुलेर छलफल गर्नु पर्ने उनको भनाइ थियो

 सहकारी ऐन संशोधन, तहगत संरचना र सहकारी एकीकरणका लागि राज्यको प्रोत्साहन जस्ता विषयमा गोष्ठीमा छलफल गरी निस्कर्ष निकाल्नु पर्नेमा उनले जोड दिइन ।

सहकारीमाझ खस्केको सहकारीको साखलाई माथि उठाइ सदस्यको विश्वास आर्जन गर्न र पीडित बचतकर्ताको समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

उनले सहकारीमा समस्या आउनुमा सरकार, अभियान र सदस्य को कहाँ चुक्यो आफू आफूले मनन् गरेर अघि बढ्नुपर्ने र समाधान तर्फ लाग्न सवैले आफ्नो भूमिका खेल्नुपर्ने बताइन् ।

उनले सहकारी ऐनमा ब्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत सुरक्षण कोष तथा तहगत संरचना, सहकारी एकिकरण, सहकारी प्रवधद्र्धन कोष जस्ता विषयमा कानुन कार्यन्वयन गर्न ढिलाई गर्नुनहुने बताइन् । उनले सहकारीका सदस्यलाई भएको सहकारी शिक्षाको कमीको विषयमा राज्य र अभियानले सोच्नुपर्ने पनि बताइन ।



Leave a comment