Sahakari Akhabar

सरकारले सहकारी पीडितको कुरा नसुने अन्तराष्ट्रिय अदालत जाने

सरकारले सहकारी पीडितको कुरा नसुने अन्तराष्ट्रिय अदालत जाने :: Sahakari Akhabar

काठमाडौं । सहकारी पीडित बचतकर्ताहरुले सरकारले आफ्नो आवाज नसुने अन्तराष्ट्रिय अदालतसम्म जाने बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्ने अधिकाशं वक्ताहरुले सरकारले पीडितको आवाज नसुनेको र त्यसैगरी बेवास्ता गरे अन्तराष्ट्रिय अदालतसम्म जाने बताएका हुन् ।

सहकारी संस्थाहरुमा राखेको बचत फिर्ता नपाएपछि सहकारी विभाग, मन्त्रालय, अदालत र प्रशासन कार्यालयसम्म पुगेको भए पनि राज्य समस्याप्रति गम्भिर नहेको उनीहरुको आरोप छ ।

सहकारी खोल्न लाइसन्स  दिने तर बचत फिर्ता पाइएन भनेर सरकारी कार्यालयमा उजुरी दिन जाँदा हामीलाई सोधेर बचत जम्मा गरेको थिइस भन्ने जस्ता जवाफ राज्यबाट पाएको पिडितहरुले बताए ।

६३ दिनको आन्दोलनपछि सरकारले पीडितसँग गरेको ७ बुँदे सम्झौता कार्यान्वयनमा समेत उदासिनता देखाएको उनीहरुको आरोप छ। पीडितसँग गरेको सम्झौता कार्यान्वयनमा सरकारले जवाफदेहिता नदेखाएको भन्दै न्याय खोज्न अन्तराष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएका छन् ।

सहकारीबाट ठगिएकाहरु एकजुट भएर न्यायको लागि निरन्तर सडक आन्दोलन गर्ने उनीहरुको भनाई छ । कतिपय सहकारीले पैसा त ठगे ठगे अहिले ५ लाखको जग्गालाई १५ लाख बनाएर समेत ठग्न थालेको उनीहरुको गुनाँसो छ ।

सहकारीले तराइ र भिर पाखामा नविकेको जग्गा भिडाएर फेरी ठग्न लागि परेको उनीहरुको आरोप छ । सरकारले आफनो मागहरु नसुनेको भन्दै उनीहरुले फेरी सडक आन्दोलन अगाडी बढाउने बताएका छन् ।

आन्दोलनको पहिलो चरणको कार्याक्रम घोषणा गर्दै उनीहरुले सहकारी विभागमा रिले अनशन बस्ने बताएका छन् । हालसम्म सहकारी पीडित बचतकर्ता महासंघमा २७३ सहकारी संस्थाका सदस्यहरु आवद्ध भएका छन् ।

दृष्टिविहिन पिडित सदस्य उमेश थापाले आफु देउराली वहुउदेश्यीय सहकारी संस्थाबाट ठगिएको बताए । आफुहरुले उक्त सहकारी संस्थामा राखेको बचत फिर्ता नपाएको र सरकारी कार्यालयमा न्याय खोज्न जाँदा किन राखेको त भनेर उल्टै प्रश्न गरेको जनाए ।

लाइसेन दिएर सबै जनतालाई ठग भनेर सहकारी खोल्न दिएको हो भनेर उनले प्रश्न गरे । सहकारी संस्थाले आफुहरुबाट लिएको बचतले जग्गा जमिनमा लगानी गरेको र उक्त सम्पत्ति आफन्ता र नातागोताको नाममा राखेकाले उनीहरुको सम्पत्ति बेचेर भए पनि पीडितको बचत फिर्ता गर्नु पर्ने उनले माग राखे ।

आफुहरुले घर घरमा पुगेर अगर बत्ती बेचेर बचाएको पैसा सहकारीले खाइदिएको उनको भनाई छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको पत्रकार सम्मेलनमा हजार वढी पिडितहरुको उपस्थिति रहेको थियो । ओरेण्टल, सिभिल, देउराली, गौतमश्री लयागतका देशभरिका सहकारी पिडितहरुले समस्या राखेका थिए ।



Leave a comment