हाइलाइट

टिओटी नलिएकाबाट कोपोमिस तालिम नगराउन विभागको निर्देशन

टिओटी नलिएकाबाट कोपोमिस तालिम नगराउन विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सहकारी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी टिओटी (प्रशिक्षक प्रशिक्षण तालिम) नलिएकाबाट तालिम नगराउन सहकारी संघ संस्थाहरुलाई विभागले निर्देशन जारी गरेको छ ।

विभागले सूचना जारी गरी सहकारीको नियामक निकाय, सहकारी संघ, बैंक र संस्थाले कोपोमीस सम्बन्धी तालिम संचालन गर्दा कितिपय संघ र संस्थाले लाइभ सिस्टममा नै तालिम संचालन गर्ने गरेकोले केन्द्रिय तथ्याङ्कमा असर पर्ने भएकोले सो नगर्न र नगराउन भनेको छ ।

सूचनामा भनेको छ ‘विभागबाट कार्यान्वयन भईरहेको सहकारी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा सहकारी संघसंस्थाको आवद्धता न्यून रहेको छ । विभिन्न निकायले सहकारी संघ र संस्थाहरुलाई कोपोमीस प्रणालीमा आवद्ध गराई अभिलेख प्रविष्टी गराउन सहकारी संघसंस्थाका कर्मचारीहरुलाई कोपोमीस क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने गरेको देखिन्छ ।

तालिम संचालनको लागी ट्रेनिङ डेमो फर्म भरी विभागबाट डेमो यूजर नेम र पासवर्ड लिई Training.copomis.gov.np लिङ्कमा गई मात्र तालिम संचालन गर्नुहुन अनुरोध छ ।’ विभागका उपरजिष्ट्रार टेकराज अर्यालले जारी गरेको सूचनामा कोपोमिसमा सहकारी संघ संस्थाले विवरण प्रविष्टी गर्दा प्रमाणित विवरण मात्र प्रविष्टि गर्न र त्यस्तो नगरेको पाइएमा कानुन बमोजिम कारवाही हुने उल्लेख छ ।

सूचना ।



Leave a comment