काठमाडौं । माघ २५ गते बिहिबार देशभरीका सहकारी पिडितहरुले बृहत मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । देशभरीका सहकारीका पिडित बचतकर्ताहरुले काठमाडौको विभिन्न ठाँउबाट मोटरसाइकल र्याली गरी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आयोजना गरेको कार्यक्रममा २७३ वटा संस्थाका पिडितहरुको सहभागीता रहने जनाइएको छ ।
र्याली बिहानको ११ बजे बालाजु, नया बसपार्क, गोंगबु, सामाखुशी, बसुन्धारा, बिजी मल बल्खु, किर्तिपुर, कलंकी, थानकोट, चन्द्रागिरी, सितापाइला, कालिमाटी कोटेश्वर, इमाडोल, लुभु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जावलाखेल तिनकुने, सिनामंगल, बानेश्वर एयरपोर्ट, गौशाला, सिफल, मुलपानी, सिफल चौर, चाविहिल, वौद्ध, जोरपाटी, कपन, सुकेधारा, बसुन्धारा, चक्रपथ, शंख पार्कबाट हुने जनाइएको छ ।
नेपाल भरिका सहकारी पिडीत बचतकर्ता एक हौं र निक्षेपको साँवा व्याज अविलम्व फिर्ता र सुनिश्चतताको लागि आफै लडौं भन्ने मूल नारा सहित र्याली गर्न लागिएको आयोजकले जनाएको छ।
Leave a comment