काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरले संघको साधारण सभा गर्नकालागि तीन महिना समय थप गरिदिन प्रदेश मन्त्रालयसंग माग गरेको छ ।
संघले बागमती प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्रालय सहकारी महाशाखा संग साधारण सभा गर्नको लागि समय थप गरीदिन अनुरोध गरेको छ ।
संघले समय थपको अनुरोध गर्दै पत्रमा भनेको छ, ‘यस जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरले केहि प्राबिधिक कारणले गर्दा पौष मसान्तभित्र बार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको हुनाले बार्षिक साधारण सभा गर्नको निमित्त तिन महिना समय थप अनुरोध गर्दछु ।’
प्रदेश सहकारी ऐन २०७६ को दफा ३५ उपदफा २ बमोजिम सहकारी संघसंस्थाको बार्षिक साधारण सभा पौष मसान्त सम्ममा गरि सक्नुपर्ने प्राबधान रहेको छ । संघको चुनावी साधारण सभा रहेकोले पनि समयमा साधारण सभा हुननसकेको सहकारीकर्मी बताउँछन् ।
सहकारीकर्मी उक्त सापकोटा भन्छन् प्रचलित कुन सहकारी ऐनले यो अधिकार दिएको छ ? पाटिका जिल्ला, प्रदेश र केन्द्रीय नेता, वकिल, पर्व प्रकाशकहरू रहेको संचालक समिति र सहकारी अभियानका मठाधिस कहलियका सल्लाहकार रहेको संघको अवस्था र पदलोलुपता । लाजको पसारो । समयमा साधारण सभा गर्न नसक्ने अनि,,,,,,।

Leave a comment