काठमाडौं । संघीय सहकारी विभागले देशभरका सबै सहकारी संघसंस्थाहरुलाई आफ्ना सदस्यको बिबरण (केवाईएम) फाराम भर्न निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै देशभर रहेका ३० हजार सहकारी संघसंस्थाहरुलाई सदस्यको केवाइएम फारम भराउन भनेको हो ।
विभागले फारमको ढाँचा समेत बनाएर ३८ वटा बुँदामा संस्थाका सदस्यको अभिलेख भरी अद्यावधिक राख्न निर्देशन दिएको छ।
सहकारी संघ संस्थाहरुको अनुगमन तथा निरीक्षणको क्रममा सबै सदस्यहरुको केवाईएम फारम भरे नभरेको समेत अनुगमन गरिने हुँदा सबै सदस्यहरुको केवाईएम फारम भरी स्पष्ट र व्यवस्थित रुपमा संस्थामा राख्न विभागले निर्देशन दिएको छ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा ७ क सम्पत्ति शुद्धिकरण निवारण नियमावली २०७३ को नियम ४ र ५ तथा सहकारी विभागबाट सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी सहकारी संघसंस्थाहरुलाई जारी गरिएको तेश्रो संशोधन निर्देशन २०७४ को दफा ३ अनुसार प्रत्येक सहकारीमा सदस्य हुन ईच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टी गरेर मात्र सदस्य बनाउनुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
विवरणमा व्यक्तिगत पारिवारिक, व्यवसाय, बसाई, सहकारीमा सदस्यता, आयश्रोत, वित्तीय कारोबारको जानकारी गराउनुपर्ने उल्लेख छ ।
सूचना । हेर्न यहाँ क्लिक गर्नुहोला
Leave a comment