हाइलाइट

कर्जा सूचना केन्द्र असार मसान्तसम्म आउँछ : चन्द्रप्रसाद ढकाल

कर्जा सूचना केन्द्र असार मसान्तसम्म आउँछ : चन्द्रप्रसाद ढकाल :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको कर्जा सूचना केन्द्र असार मसान्तसम्ममा आउने बताएका छन् ।

उनले सहकारीकालागि कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरणसँग जोडिएको विषय असार मसान्तसम्म सरकारबाट सम्बोधन हुने बताए ।

काठमाडौमा भएको दोस्रो काठमाडौं साकोस समिट २०२४ मा बोल्दै अध्यक्ष ढकालले छुट्टै साकोस एक्ट, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको विषयमा सरकारसँग बहस पैरबी भइरहेको र सकरात्मक संकेत आएको पनि उनले बताए ।

समिटको प्रथम सत्रको टीप्पणीकर्ताको रुपमा अध्यक्ष ढकालले भने,‘ सुरुमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणलाई सम्बोधन गर्ने विधि नियामकीय निकायबाट यहाँहरुले प्राप्त गर्नुहुनेछ ।

मैले पाएको जानकारी अनुसार ढिलोमा असार मसान्तसम्म यी दुई विषय सम्बोधन हुनेछन् ।’ त्यसैगरी अध्यक्ष ढकालले सहकारीमा शुद्धीकरण र सुशासनको विषयमा आफैबाट सुरु गर्नुपर्ने भन्दै सहकारीका समस्या काठमाडौमा मात्र भएझैं अभियन्ताहरुले भन्ने गरेको आफूलाई चित्त नबुझेको बताए ।

उनले भने केही सहकारीमा समस्या छ, भन्नुभन्दा बास्तविक समस्या के कती सहकारीमा छ र कस्तो समस्या छ तथ्याङ्क निकाल्नु पर्छ । उनले धेरै समस्यामा परेका, कम समस्या भएका र समस्या नभएका सहकारीको संख्या छुट्याई समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौमा समस्या भएका सहकारी मात्र नरहेको र राम्रा सहकारी पनि रहेकोले त्यस्ता सहकारीलाई एउटै डालोमा राख्न नहुने उनले बताए । सहकारीलाई बर्गिकरण गरी समस्या भएका संस्थाको समस्या पहिचान गरी जिल्ला, प्रदेश, केन्द्र र महासंघ सवैले समाधानमा लाग्नुपर्ने बताए । उनले राज्यले बचत फिर्ता योजना मात्र नभइ ऋण असूलीको विषयमा पनि सहजीकरण गरिदिनुपर्ने पनि बताए ।



Leave a comment