काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीको नियमन गर्न बैकल्पिक नियामक निकाय गठनको तयारीमा रहेको बताएका छन् ।
उनले शुक्रबार पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवलाई उद्धभाटन गर्दै भने, कतिपय ठाउँमा बचत सहकारीले ब्राण्डको रुप लियो, देशैभरि फैलियो ।
त्यसका व्यवस्थापक को छन् सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियामक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’
उनले भने, ‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रकृया अगाडि बढेको छ । हामी सबै हेर्न सक्दैनौं राष्ट्र बैंकले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियामक निकाय गठनको तयारीमा हामी गइरहेका छौं ।’
त्यसैगरी डा. महतले बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताए । उनले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन ।
सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछन्न्। मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’
निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको भन्दै, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’
स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डाए।
यसैकारण यसलाई सहकारी मन्त्रालय अन्तर्गत राखिएको हो । यसलाई राष्ट्र बैंक वा अन्य कुनै नियमक निकाय खडा गरिएन । उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । उनले सहकारीको विषय राष्ट्रिय रुपमै प्रश्न उठेको बताए ।
Leave a comment