हाइलाइट

नेफ्स्कूनमा चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ समिति

नेफ्स्कूनमा चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ समिति :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफस्कून) को  ३२ औं बार्षिकसाधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको छ । पुष ८ गते भएको संघको निर्वाचनले अध्यक्षमा ढकाल सहित १९ जनाको संचालक समिति निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचनमा इन्द्रराज ज्योती पौडेलको संयोजकत्वमा लेखा समिति निर्वाचित भएका छन् । नेफस्कूनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।
त्यसैगरी महिला संचालकमा  सिता ढकाल पौडेल , मन्दिरा मिश्र, कमला देबी गिरी र कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश संचालकमा शोभा कुमारी राउत, बागमती प्रदेश संचालकमा खेमराज सुबेदी, गण्डकी प्रदेश संचालकमा गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालकमा बीर बहादुर भोटे र सुदुरपश्चिम प्रदेश संचालकमा दिप्ती शाही निर्वाचित भएका छन् । 

त्यसैगरी  संचालक खुल्लामा नवराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात, र शालिकराम ढकाल निर्वाचित भएका छन् । नेफस्कूनको लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योति पौडेल र सदस्यहरुमा हेमराज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समिति चयनका लागि नेफस्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालबीच चुनावी प्रतिस्पर्धा भएको थियो । नयाँ संचालक समितिले आजै पदभार गर्नेभएका छन् । नव निर्वाचित अध्यक्ष ढकालले बचत सहकारी अभियानको गुमेको शाख फर्काउन सवै सरोकारवालासंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले सभामा धन्यबाद ज्ञापन गर्दै बचत सहकारीलाई मर्यादित बनाउन छुट्टै बचत ऐन ल्याउन साथै कर्जा सूचनाकेन्द्र स्थापना गर्नेलगायतका विषयमा लविङ गर्ने बताए



Leave a comment