हाइलाइट

मिरा इआरपी सफ्टवयरमा गरेको संघको लगानी जोखिममा

मिरा इआरपी सफ्टवयरमा गरेको संघको लगानी जोखिममा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले मिरा इआरपीमा गरेको लगानी जोखिममा रहेको संघको लेखा सुपरिवेक्षण समितिले औंल्याएको छ ।

समितिको साझेदार कम्पनीले सम्झौता बमोजिम समयमा कार्य गर्न नसकेको कारण बजारीकरण र बिक्रि बितरणमा समेत प्रभाव परेको ठहर छ ।

समितिले संघको ३२ औं बार्षिक प्रतिवेदनमा सुझाव दिंदै सहकारी संघसंस्थालाई डिजिटल प्रविधि मार्फत विकास गर्ने उद्देश्यले प्रतिष्पर्धाबाट साझेदार कम्पनी छनौट भएको कम्पनी रारा डिजिटल प्रालि मार्फत ई आर पी सफ्टवेयर निर्माण गर्न नेफ्स्कून र उक्त कम्पनीको संयुक्त लगानीमा ६०÷४० को अनुपातमा स्वामित्व रहने गरी नियोसिस टेक्नोलोजी प्रालि कम्पनी खडा गरिएको छ ।

सो कम्पनीमा हाल सम्म (२०८०) असार मसान्त नेफ्स्कूनको तर्फबाट रु ६ करोढ ३० लाख ९० हजार ४३७ रुपैंयाँ भुक्तानी भएको छ । जसलाई वित्तीय विवरणमा अदृश्य सम्पत्तिको रूपमा लेखाङ्कन गरिएको छ ।

कम्पनीले सम्झौता भएका मितिले २० महिना भित्र कार्य सम्पादन सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्नेमा हाल सम्म सफ्टवेयर निर्माणको कार्य सम्पादन पुरा गर्न नसकेकोले संघको लगानी जोखिममा पर्न सक्ने देखिन्छ लेखा समितिले भनेको छ ।

साझेदार कम्पनीले सम्झौता बमोजिम समयमा कार्य गर्न नसकेको कारण बाजारीकरण र बिक्री वितरणमा समेत प्रभाव पर्न गई संघको आम्दानीमा प्रत्यक्ष असर परेको छ ।

एकातर्फ पुरानो सफ्टवेयर ल्भअयक एगिक बन्द गरिनु अर्कोतर्फ नयाँ सफ्टवेयर पूर्णरुपमा संचालन नहुँदा सहकारी संघसंस्थालाई प्रदान गरिरहेको सेवामा अवरोध सिर्जना हुन पुगेको समितिको ठम्याइ छ ।

सदस्यहरूलाई नियमित प्राविधिक सेवा दिन संघको लगानी सुनिश्चित गरी प्रतिफल तर्फ योजना बनाइ अघि बढ्नु आवश्यक देखिन्छ समितिले भनेको छ ।



Leave a comment