काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आसन्न निर्वाचनमा गठवन्धनले चन्द्र प्रसाद ढकालको जाने घोषणा गरेका छन्। नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकाल नेतृत्वमा गठवन्धनमा निर्वाचनमा जाने निणर्य भएको हो ।
तीन दल नेपाली कांग्रेस, नेकपा माओबादी (केन्द्र) र समाजबादीका सहकारी विभाग प्रमुखहरुले सहमतीमा चुनावमा जाने निणर्य गरेका छन् ।
तीनैदलका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल, लिलामणि पोख्रेल र नवराज अर्यालले संयुक्तरुमा गठवन्धनको घोषणा गरेका छन्।
नेफ्स्कून निर्वाचनमा जान अरु दलसंग पनि छलफल भइरहेको र आजै सहमती गरी समावेसी टिम बनाएर जाने तयारी रहेको जनाइएको छ।
सिट बाँडफाँडमा सहमती गर्ने काम भइरहेको र समावेसी तथा उत्कृष्ठ टिम बनाएर अगाडी वढ्ने जनाइएको छ । नेफ्स्कूनको भोलीदेखि ३२ औं बार्षिक साधारण र निर्वाचन कार्यक्रम हुँदैछ ।

Leave a comment