काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आसन्न निर्वाचनमा चन्द्र ढकालको नेतृत्वमा जान तीनदलले सहमती गरेका छन् ।
नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालको टिमबाट निर्वाचनमा जान आज तीनदलले सहमती गरेका हुन् ।
तीन दल नेपाली कांग्रेस, नेकपा माओबादी (केन्द्र) र समाजबादीका सहकारी विभाग प्रमुखहरुको बैठकले आज सहमती गरेर चुनावमा जाने निणर्य गरेको स्रोतले जनाएको छ । निर्वाचनमा जान अरु दलसंग पनि छलफल भइरहेको र छिट्टै सहमती गरी समावेसी टिम बनाएर जाने तयारी रहेको जनाइएको छ ।
स्रोतका अनुसार सिट बाँडफाँडमा सहमती गर्ने काम मात्र बाँकी रहेको र तीनै पार्टीका सहकारी विभाग प्रमुखले समावेसी टिम बनाउने सहमती गरी हस्ताक्षर गरेको जनाइएको छ । यही पौष ७ र ८ गते नेफ्स्कूनको ३२ औं बार्षिक साधारण र निर्वाचन हुँदैछ ।
Leave a comment