काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचन सहितको साधारणसभा नजिकंदै गर्दा प्रतिनिधि आउने समयसीमा सकिएको छ ।
संघले मंसिर ३० गतेसम्म संस्था नविकरण र प्रतिनिधि आउने समय तोकेको थियो । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका परितोष पौड्याल काठमाडौ स्यम्भुस्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि बनेको पाइएको छ ।
२०७४ साल माघ ११ गते आमा, जिविकोपार्जन, पिसल्याण्ड, शिक्षा र सहभागिता बचत तथा ऋण सहकारी एकीकृत भई हाम्रो एकीकृत साकोस गठन भएको थियो ।
एकीकृत कारोबार सुरु गरेको ५ वर्षपछि विगठन भएको संस्थालाई वागमती प्रदेश सरकारले २०७९ साल चैत २७ गते विभाजनको स्विकृती दिएको हो ।
विभाजनपछि भने संस्थाले साधारण सभा समेत गर्न सकेको छैन । पौड्याल संस्थाको अध्यक्ष पद छाडेपनि नेफ्स्कूनको साधारणसभामा सहभागिताका लागि भने सोही संस्थाबाट प्रतिनिधि बनेका हुन् ।
संस्थाले गत पुस २७ गते विषेश साधारणसभा गरी विगठनको निर्णय गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।
संस्थाले आगामी पुस २१ गतेमात्र साधारणसभा गर्न लागेको र अहिले संचालक समितिको निर्णयबाट पौड्याललाई नेफ्स्कूनको प्रतिनिधिका लागि तोकिएको उनले बताए ।
सहकारी संस्थाहरुको संख्या बढी भएको भन्दै एकीकरण गर्नुपर्ने आवाज उठिरहेका बेला नेफ्स्कूनका अध्यक्ष पौड्याल प्रतिनिधि रहेको प्रारम्भिक सहकारी हाम्रो एकीकृतको गुपचुप बिभाजन भएको थियो ।
Leave a comment