हाइलाइट

नेफ्स्कूनको बागमती प्रदेश संचालकको उम्मेदवारमा शम्भु घिमिरेको तयारी

नेफ्स्कूनको बागमती प्रदेश संचालकको उम्मेदवारमा शम्भु घिमिरेको तयारी :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को बागमती प्रदेश संचालकमा शम्भु घिमिरेले उम्मेदवारी दिने तयारी गरेका छन् । घिमिरे धुम्बाराहीमा रहेको दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि रहेका छन् ।

विगत लामो समयदेखि सहकारीमा सकृय रहेका घिमिरे काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष हुन् । नेफ्स्कूनको निर्वाचन सहितको ३२औँ साधारणसभा पुस ७ र ८ गते काठमाडौंमा हुँदैछ ।

सहकारीमा सुशासन र दिगोपनकालागि आफूले अभियानमा योगदान गर्ने घिमिरे बताउँछन् । साकोस एक्ट, ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र ऋण सुरक्षण व्यवस्था साकोसको दिगोपन भएको उनको भनाई छ । स्थिरीकरण कोषको ब्यवस्थापन र कानुन पालना गर्ने गराउने कामको पहल नै आफ्नो एजेण्डा रहेको उनले बताए ।

अभियानकर्मीमा ऐक्यद्धतामा, सहकारीको छविलाई उचाइमा पुर्याउनु साकोस अभियानको संस्कृति स्थापना गर्नु अहिलेको मूख्य आवश्यकता रहेको उनको भनाई छ ।

साकोसको समस्या र चुनौतीलाई नीतिगत बहस पैरवी गर्न, सबै सदस्य संस्थाहरुको आवश्यकता पहिचान गरी तालिम तथा शिक्षाको व्यवस्था गर्न, सहकारी मार्फत उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न आफूले भूमिका खेल्ने उनले बताए।

सहकारी संरक्षणका लागि रूपान्तरण सहितको सहकारीमैत्री नेतृत्व अहिलेको आवश्यकता रहेको घिमिरे बताउँछन् । केन्द्रीय संघमा आबद्ध संस्था तथा बाहिर भएका संस्थाहरुलाई पनि संघमा आवद्ध हुन प्रेरित गर्दै ती संस्था तथा संघहरुको व्यवसायिक क्षमता बृद्धि गर्नेकार्यमा आफूले महत्वपूर्ण भूमिका खेल्ले उनले जनाए ।

सहकारी मार्फत सदस्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण र विकासका लागि गठन भएका बचत तथा ऋण सहकारीहरुको ब्यवसायिक उद्धेश्यमा टेवा पुग्ने कार्य गर्ने भनको भनाई छ ।

हाल सहकारी अभियानले भोगेको आन्तरिक वा वाहृय समस्याको जिम्मेवारी बहन गर्दै समाधानको लागि माथिल्लो तहसम्म पहल गर्ने उनले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सहकारी अभियानमा देखिएका आन्तरिक सुशासनको कमी र वाहृय समस्या अल्पकालिन भएको तर सहकारी अयियान जीवनपर्यन्त चलिरहने अभियान भएकोले यसको संरक्षण अभियानकर्मीको नै गर्ने भएकोले सहकारी ऐन, नियम, संघको विनियम तथा नीतिहरुको आधारमा सरोकारवालाहरुसंग बहस र पैरवी गर्ने उनले भने ।

त्यसैगरी सहकारीको योगदानलाई राज्यले संस्थागत गर्नेगरी त्यसको जग बसाल्न कमजोरी भएकोले अभियानकर्मीहरु मिलेर नै बचत तथा ऋण सहकारी अभियान बचाउन सकिन्छ, उनी भन्छन् ।

राजनीति, भुगोल वा ब्यक्तिगत लाभ भन्दा माथि उठेर मात्र सहकारी अभियानको सञ्जाल सुदृढिकरण गराउन सकिन्छ र अव त्यसको लागि लागीपर्नुपर्ने घिमिरेको भनाई छ ।

उनले बचत तथा ऋण सहकारीकालागि छुट्टै वित्तीय सहकारी ऐन आवश्यक रहेको र सहकारी शुद्धिकरणका लागि पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ नेतृत्वले तत्काल धुमिलिएको सहकारीको छवी र शाख जोगाउन ऋण असुलि न्यायाधिकरण, कर्जा सूचना केन्द्र र ऋण सुरक्षण ब्यवस्था, बचत सुरक्षण कोषकालागि पहल गर्नुपर्ने र स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन गराउन लाग्नुपर्ने बताए ।

सहकारी, सरकारी र निजी साझेदारीमा उद्यमशिलता विकासका कार्यक्रमहरु सञ्चालन गरी सहकारी मार्फत राज्यलाई योगदान गर्न प्रेरणात्मक कार्य गर्न पनि आफूले उम्मेदवारी दिने तयारी गरेको घिमिरेले बताए ।

उनले बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ, सक्षम र गतीशिल बनाउन सबैसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।



Leave a comment