हाइलाइट

सहकारी अखबारका प्रधान सम्पादक दाहाल केशब बडाल सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

सहकारी अखबारका प्रधान सम्पादक दाहाल केशब बडाल सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत :: Sahakari Akhabar

काठमाडौं । सहकारी अखबारका प्रधान सम्पादक खिलानाथ दाहाल केशब बडाल सहकारी पत्रकारिताबाट सम्मानति भएका छन् । दाहाललाई ललितपुरमा रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले पुरस्कृत गरेकी हुन् ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मल्लले पत्रकार दाहाललाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेकी थिइन् । बरिष्ठ उपाध्यक्ष मल्लले सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडालको नाममा २०७५ सालमा स्थापना गरेको ‘केशब बडाल सहकारी पत्रकारिता सम्मान’ यो वर्ष दाहाललाई प्रदान गरेकी थिइन् ।

सहकारी पत्रकारिताको माध्यामबाट नेपालको सहकारी अभियानका बिविध पक्षबारे आम नागरिकलाई विगत १५ वर्षदेखि पत्रकारिताको माध्यामबाट सुसुचित गर्दै आम संचारको अलग्गै बिटको रुपमा स्थापीत गराउने कार्यमा योगदान पुर्याएको भन्दै दाहाललाई सम्मान गरेको हो ।

मल्लले ब्यक्तिगत रुपमा कोष स्थापना गरी हरेक वर्ष सहकारी क्षेत्रमा कलम चलाइरहेको पत्रकारलाई सम्मान गर्न थालेकी हुन् । दाहाल नेपाल सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष हुन् । उनी यस अघि राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकलगायत सहकारीका प्रदेश तथा विभिन्न संघ संस्थाबाट पुरस्कृत भइसकेका छन् ।



Leave a comment