काठमाडौं । संघिय सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट घिमिरे सहकारी विभागमा आएका हुन् ।
घिमिरेले मंसिर २५ गतेदेखि सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी सम्हालेका छन् । केहीदिन अघि रजिष्ट्रार नमराज घिमिरेको सरुवा भएपछि मन्त्रालयले पिताम्बर घिमिरेलाई सहकारी विभागमा रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।
Leave a comment