हाइलाइट

बागमती प्रदेशका सहकारीकर्मीलाई चारदिने नेतृत्व विकास तालिम 

बागमती प्रदेशका सहकारीकर्मीलाई चारदिने नेतृत्व विकास तालिम  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोेजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा चार दिने तालिम सुरु भएको छ । बागमती प्रदेशका १३ जिल्लाका सहकारीकर्मीरुको सहभागिता रहेको ‘सहकारी नेतृत्व विकास’ तालिम ललितपुरमा सुरु भएको हो ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्व रहेको कार्यक्रमको मन्त्री पुकार मर्हजनले उद्घाटन गरेका थिए । अध्यक्ष घिमिरेले ४ दिनसम्म चल्ने तालिममा ११ जना प्रशिक्षकबाट १६ वटा विषयमा प्रशिक्षण दिइने जानकारी दिए । तालिम राष्ट्रियस्तको भएको भन्दै उनले सहभागीहरुले यसबाट ज्ञान र सीप दुवै हासिल गर्न सक्ने जनाए ।

कार्यक्रममा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी  मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालले अभियान, सदस्य र नियामक निकायको साझा पहलबाट मात्रै सहकारीको समस्या समाधान गर्न सकिने बताए ।

उनले काठमाडौमा छिट्टै सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिने जानकारी दिँदै यसका लागि बागमती सरकारबाट दरबन्दी स्वीकृत गरिसकेको समेत बताए ।

काठमाण्डौ उपत्यकामा सहकारीको चाप बढी रहेको र कार्यालय स्थापना पछि नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

दिगो अर्थतन्त्र निमार्णमा सहकारीको आवश्यकता महसुश गरी सरकारले यसलाई प्राथमिकता दिएको भए पनि पछिल्लो समय यस क्षेत्रमा समस्या बढेर गएको उनको भनाई छ ।

आन्तरिक र बाह्य दुवै कारणले सहकारीमा समस्या आएको भन्दै सचिव रिजालले भुकम्पपछि विश्वव्यापी रुपमा आएको कोराना भाइरस र मन्दीका कारण आर्थिक क्रियाकलापमा कमी आएकाले त्यसको प्रभाव सहकारीमा समेत परेको बताए ।

तालिममा विद्यमान समस्याका बारेमा पनि छलफल गर्न, सामान्य  तथा असामान्य अवस्थामा सहकारीको नेतृत्वको कस्तो हुनुपर्ने हो र अहिले देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ, यसमा नियामक निकायले कसरी सघाउन सक्छ भन्ने जस्ता विषयमा पनि छलफल गर्न उनको आग्रह छ ।

प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले नेतृत्वमा सहकारी सञ्चालन गर्ने क्षमता र सिप नहुँदा सहकारी संस्थामा समस्या आएको बताए । तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढंगले सञ्चालन गर्न टेवा पुग्ने उनको विश्वास छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीमा नेतृत्व विकास गरी इमान्दारी र पारदर्शी रुपमा सहकारी संस्था सञ्चालन गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे । सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य राख्दै सहकारीमा नेतृत्व विकास गरी अभियानलाई थप उचाइमा लैजान तालिम सहयोगी हुने अपेक्षा गरे ।



Leave a comment