काठमाडौं । कोशी प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले समस्याग्रस्त सहकारीका लागि विषय विज्ञ लेखापरीक्षकहरुको रोष्टर तयार गर्ने भएको छ । कार्यालयले नियमन क्षेत्राधिकार भित्र पर्ने सहकारी संघ संस्थाको हिसाव किताव छानविन तथा लेखा परीक्षण गर्न सूचना प्रकाशन गरेको हो ।
सूचनामा सहकारी संघ संस्थाको हिसाव किताव छानविन तथा लेखा परीक्षण गर्न समस्याग्रस्त सहकारी संघसंस्थाको लेखा परीक्षण गरी प्रतिवेदन तयार गर्न तथा कसुरको छानविन तथा अनुसन्धान तथा कार्वाही प्रकृयामा हिसाव किताव छानविन गरी प्रतिवेदन पेश गर्न विषय विज्ञको रुपमा रही कार्य गर्न ईच्छुक विज्ञ लेखा परीक्षकहरुको रोष्टर तयार गर्न लागिएको हुँदा पारिश्रमिक सम्बन्धित संस्थासँगको समझदारीमा भुक्तानी हुने गरी आवेदन पेश गर्न माग गरेको छ ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ६४ बमोजिम अयोग्य नभएका व्यक्ति, फर्म, कम्पनीले अनुसूचि १ बमोजिमको कागजात र ढाँचामा यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कार्यालयको इमेल ठेगाना sahakariregistrar.p1@gmail.com वा कार्यालयको प्रशासन शाखामा आवेदन पेश गर्न सूचना जारी गरेको छ ।

Leave a comment