काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) को चुनावको संघारमै दोश्रो साकोस समिट गर्ने भएको छ ।
गत वर्ष साउनमा गरेको पहिलो साकोस समिटका प्रतिवद्धताको एक अंश पनि कार्यान्वयन नगरेको कास्कूनले हतारमा काठमाडौमा सहकारीकर्मीको भेला गराउन लाग्नु चुनावी प्रचारसंग जोडेर हेरिएको छ ।
कास्कूनले पौष १ गते होटल ह्यात रिजेन्सीमा दोश्रो साकोस समिट गर्ने भएको छ भने नेफ्स्कूनको निर्वाचन पनि पौष ७ र ८ गते हुँदैछ । कास्कून नेफ्स्कूनको सदस्य संघ पनि हो ।
कास्कूनका अध्यक्ष दिपक पनेरु नेफ्स्कूनका कोषाध्यक्ष रहेको र आगामी निर्वाचनमा उनको पनि उम्मेदवारी रहने सम्भावना भएकोले साकोस समिट गरेर भोट माग्ने बाहाना भएको एक सहकारीकर्मीले बताए । पहिलो समिटमा नौ बुँदे प्रतिवद्धता ब्यक्त गरिए पनि पुरा गर्न भने सकेको देखिदैन ।
समिटमा ब्यक्त गरेको प्रतिवद्धताको बुँदा ४ मा सहकारी विभागले अगाडि सारेका प्रवर्धनात्मक र निर्देशनात्मक कार्यक्रममा विषयगत जिल्ला तथा केन्द्रीय संघ र विभागसँग समन्वय गरी एकरुपता कायम गर्न समिटले प्रतिवद्धता गरेको थियो । तर विभागले बारम्बार दोहोरो सदस्यता, दोहोरो पदको विषयमा निर्देशन जारी गरिरहेपनि अहिलेसम्म त्यो समस्या हल हुन सकेको छैन ।
त्यसैगरी संस्थाका जोखिम पक्षहरुको पहिचान गरि न्यूनीकरण गर्न र योजना निर्माण र कार्यान्वयन गरेर व्यवस्थापन गर्न प्रतिबद्ध छौं भनिएता पनि सहकारीका जोखिम पक्षहरुको के कति पहिचान भयो र त्यसकालागि के काम भयो कसैलाई जानकारी छैन ।
त्यसैगरी साकोस अभियानमा सिर्जित वित्तीय एवम् प्राविधिक श्रोतको व्यवस्थापन र उपयोग सञ्जाल भित्र केन्द्रित गर्न प्रतिबद्ध छौं समिटमा भनिएको थियो ।
त्यसैगरी काठमाडौ जिल्लामा सञ्चालित सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण, स्तरीकरण र स्थीरीकरण कार्यक्रममा आवद्ध गर्ने प्रतिवद्धता पनि समिटले गरेको थियो ।
समिटले अधिक दोहोरो सदस्यता भएका संस्थाहरु अनिवार्य एकीकरणमा जान वा लैजान आफैबाट शुरु गर्ने र अगुवाई समेत गर्ने प्रतिवद्धता व्यक्त गरेपनि काठमाडौमा एकिकरणको पहलसमेत भएको पाइन्न ।
बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवर्धन, विकास, अनुगमन र स्वनियमन प्रणालीलाई प्रभावकारी बनाई समुदायको वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित एवं प्रभावकारी रुपमा व्यवस्थित बनाउन वित्तीय सहकारी ऐन जारी गराउन संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्न प्रतिबद्ध छौ भनेर भनेका बाचा कागजमै मात्र सिमित रहनुले सहकारीको गोष्ठी सम्मेलन सहकारी बचाउने भन्दा पनि ब्यक्तिगत स्वार्थकालागि हुने गरेको सहकारीकर्मीको गुनाँसो छ ।
सहकारीमा तरलता अभाव जस्ता समस्या रहिरहँदा संस्थालाई वेवास्ता गर्ने संघहरु तारे होटलमा समिट गर्नु साम्रो नभएको सहकारीकर्मीहरुको भनाई छ । पुष १ गते काठमाडौंको ह्यात रिजेन्सी होटलमा गरिने दोश्रो समिटमा सहभागी हुन संस्थाले ६ हजार पाँचसय शूल्क तोकेको छ ।
पहिलो समिटको प्रतिबद्धता कार्यन्वयन नभइकन कागजमा सिमित राख्ने काम भएकोले संघहरुका कामकारवाही प्रति शंका उब्जिएको सहकारीका संचालक बताउँछन् ।
पहिलो समिटको प्रतिवद्धता :


Leave a comment