विराटनगर । कोशी प्रदेश, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले प्रदेशका ४९ सहकारी खारेजीका लागि अन्तिम १५ दिने सूचना जारी गरेको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरेको हो ।
कार्यालयको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुको प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) को व्यवस्था अनुसार नियमित रुपमा बुझाउनुपर्ने विवरणहरु लगातार २ बर्ष वा सो भन्दा बढी समय देखि प्राप्त नभएको तथा कतिपय सहकारी संस्थाहरु अनुगमनका क्रममा संचालनमा समेत नदेखिएको हुँदा संस्था दर्ता खारेजीको प्रक्रिया सम्वन्धि मिति २०८० / ०५ / २२ मा ३५ दिने सूचना प्रकाशन गरिएकोमा केही सहकारी अध्यावधिक हुन आएको सन्दर्भमा ४९ वटा सहकारी संस्थाहरुमा दायित्व तथा पाउनुपर्ने भए सो को प्रमाण समेत बुझाउन सर्वसाधारण सबैलाई जानकारी गराएको छ ।
त्यस्तै संस्थाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले सूचना प्रकाशन भएको १५ दिनभित्र संस्था अध्यावधिक गराउनु हुन सूचना प्रकाशन गरिएको र अन्यथा कानून बमोजिम भई जाने सबैलाई जानकारी गराईएको सूचनामा उल्लेखा छ ।
सहकार्री रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीद्धारा शस्ताक्षरित सूचनामा पहिलो चरणको ३५ दिने सूचनामा ६० वटा सहकारीको नाम प्रकाशन भएकोमा ११ वटा सहकारी सम्पर्कमा आएर अध्यावधिक गराएको र ४९ वटा सहकारी भने सम्पर्कमा नआएकाले कानून बमोजिम सूचना प्रकाशन गरिएको जनाईएको छ । मोरङको जिल्ला उपभोक्ता सहकारी संघ लि. पनि खारेजीको प्रक्रियामा रहेको छ ।
मोरङका जलजला बचत तथा ऋण सहकारी संस्था लि. वेलवारी, सन्तोषी बचत तथा ऋण सहकारी संस्था लि. ग्रामथान, जिल्ला जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी ससहकारी संस्था लि. पथरीशनिश्चरे, भावना व्यावसायिक कृषि सहकारी संस्था लि. पथरीशनिश्चरे, कोसेली बचत तथा ऋण सहकारी संस्था लि.वेलवारी, जनकल्याणकारी बचत तथा ऋण सहकारी संथा लि. कानेपोखरी, चिसाङ सुपारी सहकारी संस्था लि.लेटाङ तकिया कृषि सहकारी संस्था लि. कटहरी लगायत १४ सहकारी रहेका छन् ।
त्यसैगरी झापाका २० वटा सहकारी रहेका छन् भने सुनसरीका ७ वटा सहकारी खारेजीको प्रक्रियामा रहेका छन् । त्यस्तै उदयपुरको हिमसिखर बचत तथा ऋण सहकारी संस्था लि. र तेह्रथुमको ४ वटा सहकारी संस्था र ताप्लेजुङ्गको पन्चकन्या शिक्षक बचत तथा ऋण सहकारी संस्था र जनआस्था कृषि सहकारी संस्था खारेजीको सूचीमा रहेका छन् ।
Leave a comment