काठमाडौं । प्रदेशको कार्यक्षेत्र भित्र रहेका सहकारी संघसंस्थालाई स्वेतपत्र जारी गर्न कोशी प्रदेशले निर्देशन दिएको छ । प्रदेशले निर्देशन जारी गरी सबै सहकारी संघसंस्थाहरुले मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्तीलगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गर्न प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले निर्देशन दिएको हो ।
कार्यालयले नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ र संस्थाहरुलाई निर्देशन जारी गरि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संघसंस्थाहरुले चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना २०८० साल पौष मसान्तभित्र पेश गर्ने भनेको छ ।
त्यसैगरी संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण तथा ऋणको विवरण छुट्टा छुट्टै पेश गर्ने पनि निर्देशन छ ।
सबै सहकारी संघरसंस्थाका संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण छुट्टा छुट्टै संकलन गरी नागरिकताको प्रतिलिपी समेत २०८० साल पौष मसान्तभित्र पेश गर्ने, साथै पदाधिकारीरकर्मचारीले लिएको ऋणको विवरण समेत पेश गर्ने पनि निर्देशन दिएको छ ।
त्यसैगरी कोपोमिस प्रणालीमा सहकारीको विवरण प्रविष्टी गर्न पनि निर्देशन दिएको छ । कार्यालयले सबै सहकारी संघरसंस्थाहरुले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा तोकिए बमोजिमका विवरण प्रविष्टी गर्ने भनेको छ ।
निर्देशनमा सहकारी क्षेत्रमा हाल देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझाव कार्यान्वयन गर्न निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले भनेका छन् ।
Leave a comment