धुलिखेल । पात्लेखेतस्थित वीपी राजमार्गमा पिकअकको ठक्करबाट सहकारीका कर्मचारीको मृत्यु भएको छ । भकुन्डेबेशीबाट काठमाडौं जाँदै गरेको बा.प्र १–०१–००१ च ८५९२ नंको योदा पिकअकले शनिवार विहान ६ बजेर १० मिनेटको समयमा ठक्कर दिएका बनेपास्थित विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत स्थानीय अन्दाजी ५० बर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उपचारको लागि अस्पताल लगिएका उनलाई चिकित्सकले ६ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका थिए । कार्यालय बैठकमा सहभागी हुन बनेपातर्फ जा“दै गरेका धिताललाई सार्वजनिक यातायात कुरिरहेको स्थानमा नै पिकअपले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Leave a comment