काठमाडौं । सहकारी अखबारका प्रधान सम्पादक खिलानाथ दाहाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बागमती (प्रोस्कून) बाट सम्मानति भएका छन् । संघले तेस्रो बार्षिक साधारण सभाको अवसरमा दाहाललाई सम्मान गरेको हो ।
दाहाललाई बागमती प्रस्कूनका अध्यक्ष उद्धव सापकोटा, सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, संचालक डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल तथा बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मान गरेका थिए ।
दाहाललाई सहकारी क्षेत्रमा सहकारी पत्रकारिताका माध्यामबाट जनचेतना अभिबृद्धि गरी सहकारी अभियानलाई महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
साथै बार्षिक साधारण सभाको अवसरमा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीहरुलाई समेत सम्मान गरेको छ । संघले तेश्रो स्थापना दिवसको अवसरमा घोषणा गरि साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको हो । संघले सहकारी अभियान्ता सम्मानबाट राष्ट्रिय सहकारी महासंघका संचालक डिबी बस्नेतलाई सम्मान गरेको छ ।
त्यसैगरी प्रदेश उत्कृष्ट व्यवस्थापक, कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुरका ब्यवस्थापक कुमार खत्रीलाई सम्मान गरेको छ भने उत्कृष्ट पदाधिकारी एवं संचालक सम्मान सदस्य संघ र संस्थातर्फ बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भूमिराज खड्कालाई सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ सानुमैया दाहाल (बञ्जरा ) सम्मानीत भएकी छन भने जिल्ला बचत संघ मकवानपुर उत्कृष्ट जिल्ला बचत संघबाट सम्मनीत भएको छ ।
त्यसैगरी काभ्रेमा रहेको बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानीत भएको छ । उत्कृष्ट महिला बचत तथा ऋण सहकारीमा सज्जन महिला बचत तथा ऋण सहकारी काठमाडौं सम्मानीत भएको छ ।
त्यसैगरी उत्कृष्ट सेवा उपयोग सम्मानबाट मनकामना बचत तथा ऋण सहकारी काभ्रे सम्मानित भएको छ भने जनमुखी बचत तथा ऋण सहकारी दोलखाले उत्कृष्ट लगानीकर्ता सम्मान पाएको छ । त्यसैगरी उत्कृष्ट बचतकर्ता सम्मानबाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी भक्तपुर सम्मानित भएको छ ।
संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बागमती प्रोस्कुन सक्रिय संघको रुपमा अगाडी बढेको भन्दै प्रदेशमा रहेका बचत ऋण सहकारीलाई व्यवस्थित गर्न प्रोस्कुनले महत्वपूर्ण भूमिका खेलेको बताए ।
Leave a comment