हाइलाइट

अर्वका दर्जन सहकारी

अर्वका दर्जन सहकारी :: Sahakari Akhabar

काठमाडौं । सहकारीको जन्म औँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी र ज्यूँदाको जन्ती जस्तो सोचबाट भएको हो । किसान, कालीगढ, मजदुर, श्रमिक तथा कम पूँजी भएकाहरुका लागि सहकारी भनियो ।

अनि श्रम र सिप भएको तर आर्थिक अभावका कारण बेरोजगार भएका मानिसलाई स्वरोजगार बनाउन, सामुहिक गर्जो टार्ने सोचका साथ सहकारीको स्थापना गरियो । तर सहकारी अव त्यो बर्ग क्षेत्र र समुदायमा मात्र सिमित रहेको छैन ।

सहकारी छरिएको पूँजी संकलनमा मात्र पनि सिमित छैनन् । एउटै सहकारीमा अर्वको सम्पति छ, सयाँैले रोजगार पाएका छन् । त्यसैगरी कयौँको संख्यामा स्वरोजगार बनिसकेका छन् । हुनत पछिल्लो केही समय सहकारीप्रति आम मानिसको नकरात्मक धारणा बनेको छ । सहकारी भाग्छन्, डुब्छन् ब्याज बढी लिन्छन् नकारात्मक धारणा भरिँदै गएको छ ।

देशभर ३४ हजार सहकारी संघ संस्था स्थापना र ७२ लाख मानिस आवद्ध भइसकेको अवस्थालाई हेर्दा सहकारी प्रति आर्कषण कम भएको हो भन्न मिल्दैन । केही सहकारीका संचालकको गलत नियतले गर्दा सहकारी बदनाम भएको सहकारीका माउ निकायले भन्दै पनि आएका छन् ।

कति सहकारीबाट सर्वसाधारण पिडित छन्, कति सहकारी कुन वर्ग क्षेत्र र समुदायमा छ, कति सहकारीले आम सर्वसाधारणको आर्थिक सामाजिक र सास्कृतिक पाटोमा सहयोग गरेका छन् विषयको एकिन तथ्याङ्क त न नियामक निकाय संग छ, न सहकारीका माउ निकायसंग छ ।

तर पनि अधिकांश सहकारी अव औंचोपैँचो, अर्मपर्म अनि किसान, कालीगढ, मजदुर, श्रमिक तथा कम पूँजी भएकाहरुका लागि मात्र छैन, अर्बौको काम गर्ने भइसकेका छन् । त्यस मध्ये यहाँ देशका विभिन्न स्थानमा संचालनमा रहेका मध्ये एक दर्जन सहकारीको पछिल्लो विवरणलाई लिइएको छ । जसले अर्बौंको सम्पत्ति बनाइसकेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी

झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था २०५२ सालमा स्थापना भएको हो । ६ वटा जिल्ला कार्यक्षेत्र र ५०१ जना कर्मचारी रहेको संस्थामा १ लाख ५८ हजार २९५ जना सदस्य तथा ७३ हजार ६३४ जनाले ऋण सेवा लिएका छन् । १५ अर्ब बढी कुल सम्पति भएको संस्थाले कार्तिक मसान्तको वित्तिय बिवरण प्रकाशन गरेको छ ।

बिवरण अनुसार संस्थाको शेयर पूँजी १ अर्ब ६५ करोड ६६ लाख ८१ हजार ६०० रुपैंयाँ रहेको छ भने संस्थाको जगेडा कोषमा १ अर्व २३ करोड ६३ लाख ८९ हजार ४९० रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको कुल बचत ११ अर्व ५७ करोड १ लाख ८८ हजार २६ रुपैंयाँ तथा लगानीमा रहेको ऋण १० अर्व ९२ करोड ३ लाख १३ हजार २५० रुपैंयाँ रहेको जनाएको छ ।

त्यसैगरी संस्थाको कूल संस्थागत पूँजी १ अर्व २७ करोड ३३ लाख ४५ हजार ८६३ रुपैंयाँ छ । संस्थाको विभिन्न कोषहरूमा ४४ करोड १० लाख ७० हजार ३३३ रुपैंयाँ र कुल सम्पती १५ अर्व ४० करोड ६४ लाख २ हजार २७९ रुपैंयाँ रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था

झापाको काँकरभिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था २०५० साल फागुन २४ गते स्थापना भएको हो । संस्थाले २०७२ सालबाट एनएमसी डेरी व्यवसाय सुरु गरेको छ । प्रतिघण्टा ३ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता भएको डेरी संस्थाले संचालन गरेको छ ।

बचत तथा ऋणका साथै एनएमसी डेरी उद्योग, एनएमसी एग्रो फार्म, एनएमसी सहकारी पसल र एनएमसी चिया उद्योग संचालन गरेको छ । त्यसैगरी संस्थाले सिटिसी चिया प्याकेजिङ उद्योग, मह प्रशोधन उद्योग पनि संचालन गरेको छ ।

चार वटा जिल्ला कार्यक्षेत्रमा काम गरिरहेको संस्थामा १ हजार १ सय ७० जना कर्मचारी रहेका छन् । १ लाख ५८ हजार ६८२ जना सदस्य रहेको संस्थामा १८ हजार ४४५ जनाले ऋण सेवा लिएका छन् । संस्थाको सेयर पूँजी १ अर्व ३८ करोड ३३ लाख १२ हजार ९०० रुपैंयाँ छ ।

संस्थाको जगेडा कोषमा ७९ करोड ७९ लाख ९० हजार ५४५ रुपैंयाँ तथा कुल बचत ९ अर्व ४९ करोड ३ लाख ४२ हजार ३६ रुपैंयाँ र ऋण लगानी १० अर्व ६० करोड ६३ लाख ७४ हजार ९२२ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा संस्थागत पूँजी ८१ करोड २३ लाख २६ हजार १८४ रुपैंयाँ तथा विभिन्न कोषहरूमा २२ करोड ७८ लाख ६५ हजार ४०२ रुपैंयाँ रहेको छ ।

संस्थाको कुल सम्पत्ति १३ अर्व ४२ करोड ८१ लाख ७२ हजार ७३३ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जनाएका छन् ।

विकू बचत तथा ऋण सहकारी संस्था

नवलपरासीको गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था २०४८ सालमा स्थापना भएको होे । संस्थाका २४ वटा सेवा केन्द्र तथा १९१ जना कर्मचारी रहेका छन् । संस्थामा १ लाख १५ हजार ४२९ जना सदस्य रहेका छन् भने ८ हजार ५०७ जना कूल ऋणी रहेका छन् ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार शेयर पूँजी ८९ करोड ८७ लाख ४ हजार ८०० रुपैंयाँ तथा साधारण जगेडा कोषमा ६२ करोड ६२ लाख ८९ हजार १६ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको विभिन्न कोषहरूमा ९ करोड ९१ लाख २२ हजार २७२ रुपैंयाँ र संस्थागत पूँजी ७२ करोड ६३ लाख ७ हजार ८५ रुपैंयाँ रहेको छ ।

संस्थाको कूल बचत ७ अर्व ६२ करोड ३५ लाख १९ हजार ४२० रुपैंयाँ तथा ऋण लगानी ६ अर्व ७९ करोड ८४ लाख २४ हजार ५५२ रुपैंयाँ रहेको छ । संस्थाको कूल सम्पत्ति ९ अर्व ५९ करोड २ लाख २७ हजार ३७१ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

किसान बहुउद्देश्यीय सहकारी संस्था

कैलाली जिल्लाको लम्कीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था २०५२ साल कार्तिक १७ गते स्थापना भएको हो। संस्थाले सदस्यहरुलाई  वित्तीय सेवा तथा कृषि प्रवर्धन कार्यक्रम संचालन गरेको छ ।

संस्थाले उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउने अनि सदस्यका स्थानिय उत्पादनलाई बजारीकरण गर्न सहकारी सुपथ पसल संचालन गरेको छ । संस्थाका ४१ सेवा केन्द्र ७८ हजार ४६५ सदस्य तथा ३२ हजार ८८३ जनाले ऋण सेवा लिएको संस्थामा २९० जना कर्मचारी रहेका छन् ।

संस्थाको सेयर पूँजी ४२ करोड ३१ लाख ३६ हजार ४०० रुपैंयाँ तथा जगेडा कोषमा २० करोड ६१ लाख २ हजार ६२८ रुपैंयाँ रहेको छ । संस्थाको कुल बचत ३ अर्व ३३ करोड ४२ लाख ९६ हजार ३७४ रुपैंयाँ र ऋण लगानी ४ अर्व ३९ करोड ७ लाख ६५ हजार ८२१ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा विभिन्न कोषहरूमा ५६ करोड ६१ लाख ३४ हजार ६३३ रुपैंयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ५ अर्व ४२ करोड ३८ लाख ८३ हजार ९७० रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डम्बरबहादुर शाहले जनाएका छन् ।

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था

काभ्रेमा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था २०५० सालमा स्थापना भएको हो । संस्थाले ९ वटा सेवा कार्यालय र ७ वटा सेवा केन्द्र मार्फत सदस्यहरूलाई सेवा प्रदान गरिरहेको छ ।

संस्थामा ९३ जना कर्मचारी तथा ५१ हजार ९१९ जना सदस्य, १० हजार १७० जना बाल बचत कर्ता तथा ११ हजार ५८४ ऋणी सदस्य रहेका छन् ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार शेयर पूँजी ५० करोड १४ लाख ९६ हजार २०० रुपैंयाँ र साधारण जगेडा कोषमा ३५ करोड ८ लाख ७० हजार ४६९ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको विभिन्न कोषहरूमा २० करोड ६३ लाख ९६ हजार ४३० रुपैंयाँ तथा कूल संस्थागत पूँजी ३५ करोड ७१ लाख २४ हजार ६०३ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थामा कूल बचत ३ अर्व २६ करोड २२ लाख ८२ हजार ५३९ रुपैंयाँ र ऋण लगानी ३ अर्व ६३ करोड ७७ लाख ७७ हजार २४० रुपैंयाँ रहेको छ भने संस्थाको कूल सम्पत्ति ४ अर्व ५९ करोड ५२ लाख ९५ हजार ५९२ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले जानकारी दिएका छन् ।

किसान बचत तथा ऋण सहकारी

नवलपरासी को गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी २०५२ साल असार १५ गते स्थापना भएको हो । संस्थाको नवलपुर, नवलपरासी  चितवन र तनहुँ गरि चार जिल्ला कार्यक्षेत्र रहेको छ ।

संस्थाका २६ वटा सेवा केन्द्र मार्फत वित्तिय एवं गैह्र वित्तिय सेवा प्रदान गर्दै आएको छ । संस्थाले एकहजार समूह तथा ८६ हजार ५०९ सदस्य, ऋणी सदस्य ११ हजार ९०६ जना तथा २०० जना कर्मचारी रहेका छन् ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थामा शेयर पूँजी ३३ करोड ७३ लाख ७८ हजार ३०० रुपैंयाँ तथा जगेडा कोषमा २० करोड ९ लाख ८ लाख ६२४ रुपैंयाँ रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा अन्य कोष ३ करोड ४५ लाख ५६ हजार ७४७ रुपैंयाँ र संस्थागत पूँजी २२ करोड २४ लाख ५९ हजार ८३१ रुपैयाँ रहेको छ ।

संस्थामा कुल बचत २ अर्व ८७ करोड २७ लाख ६४ हजार ६५५ रुपैंयाँ तथा ऋण लगानी २ अर्व ४२ करोड ७८ लाख ५३ हजार २०१ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको कुल सम्पत्ती ३ अर्व ५७ करोड ३८ लाख ८८ हजार  ३६६ रुपैंयाँ  रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी दिए ।

जन उत्थान बचत तथा ऋण सहकारी

रुपन्देही जिल्लाको टिकुली गढमा रहेको जन उत्थान बचत तथा ऋण सहकारी  संस्था २०५८ साल कार्तिक १५ गते स्थापना भएको हो । संस्थाले ७ वटा सहकारीहरू एकिकरण गरिसकेको छ ।

जिल्लामा १० वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा दिइरहेको संस्थामा ८३ जना कर्मचारी ४० हजार ९४१ जना सदस्य तथा १० हजार ४६९ जना ऋणी सदस्य छन् ।

संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थामा ३ अर्व ५१ करोड २२ लाख १६ हजार १९५ रुपैंयाँ कुल सम्पति तथा २९ करोड ३० लाख १३ हजार ९०० रुपैंयाँ शेयर पूँजी रहेको छ ।

त्यसैगरी संस्थाले २ अर्व ६७ करोड ९८ लाख २४ हजार ९०२ रुपैंयाँ बचत संकलन गरी २ अर्व ६८ करोड २८ लाख १२ हजार ९७९ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।

त्यसैगरी संस्था संग २९ करोड ६२ लाख ३१ हजार ८०८ रुपैंयाँ जगेडा कोष र ६ करोड २९ लाख ३० हजार ८० रुपैंयाँ कर्जा जोखिम कोषमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले जानकारी दिए ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था

चन्द्रागिरि नगरपालिका थानकोट, महादेवस्थान रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २०५७ सालमा स्थापना भएको हो ।संस्थाको चन्द्रागिरि १२, सृजना चोकमा र ललितपुर महानगरपालिका वडा नं १४ मा गरि दुईवटा सेवा केन्द्र रहेका छन् ।

संस्थाको काठमाडौं तथा ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनीबेंसी नगरपालिका भर कार्यक्षेत्र रहेको छ । २८ जना कर्मचारी रहेको संस्थामा १८ हजार २७४ जना सदस्य तथा २ हजार २७० जना ऋणी सदस्य छन् ।

संस्थाको कात्तिकसम्मको वित्तिय बिबरण अनुसार संस्थामा १९ करोड ५१ लाख ५६ हजार ५०० रुपैंयाँ शेयर पूँजी त्यसैगरी जगेडा कोषमा ८ करोड ४७ लाख १ हजार ४९८ रुपैयाँ रहेको छ ।

संस्थामा संस्थागत पूँजी १० करोड ५० लाख ६९ हजार १०२ रुपैंयाँ तथा अन्य कोषहरूमा ११ करोड २१ लख ९७ हजार ४२६ रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थाको बचत २ अर्व ७२ करोड ४८ लाख ३९ हजार ८१४रुपैंयाँ र लगानीमा रहेको ऋण २ अर्व २५ करोड ५ लाख ४ हजार ४६२ रुपैंयाँ तथा संस्थाको कूल सम्पत्ति ३ अर्व ३४ करोड ३७ लाख ४८ हजार ५९ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था

पोखरा महानगरपालिका वडा नं. १० बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२ वर्ष पुरा गरेको छ । कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र पर्वत जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा ४३ जना कर्मचारी रहेका छन् ।

त्यसैगरी संस्थामा ९ हजार ७१ जना सदस्य र १ हजार ३९४ जना ऋणी सदस्य रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी २० करोड ७४ लाख १७ हजार तथा जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ४३२ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको बचत १ अर्व ६७ करोड ६५ लाख १ हजार १२५ रुपैंयाँ र ऋण लगानी १ अर्व ७७ करोड १४ लाख ४२ हजार ६०१ रुपैंयाँ रहेको छ ।

संस्थाको विभिन्न कोषमा १२ करोड १० लाख २६ हजार ३०१ रुपैंयाँ तथा संस्थागत पूँजी १८ करोड ७० लाख ४६ हजार ८१४ रुपैंयाँ र संस्थाको कूल सम्पती २ अर्व २८ करोड ५७ लाख ८४ हजार ९०१ रुपैंयाँ रहेको संस्थाका मुख्य प्रवन्धक मिलन ढकालले जनाए ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्था

बागलुङ जिल्लामा २०६६ साल चैत्र २६ गते स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका २६ वटा सेवा केन्द्र रहेका छन् । २५ हजार ७३ जना सदस्य र ४ हजार ४६३ जना बाल बचत कर्ता रहेको संस्थामा ९७ जना कर्मचारी रहेका छन् ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार ३९ करोड ४४ लाख ४४ हजार शेयर पूँजी, बचत १ अर्व ३८ करोड ४५ लाख १ हजार ५८६ रुपैंयाँ र ऋण लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार ११९ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको कुल सम्पति २ अर्व ४ करोड ३ लाख ३७ हजार १० रुपैंयाँ तथा जम्मा कोषमा ९ करोड ४० लाख ८८ हजार ३९२ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जनाए ।

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था

काभ्रेको बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था २४ वर्ष अघि स्थापना भएको हो । काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा बाल सदस्य सहित २५ हजार ६५० जना सदस्य रहेका छन भने २ हजार ९४० जनाले ऋण सेवा लिएका छन् ।

चारवटा सेवा केन्द्र रहेको संस्थामा ४५ जना कर्मचारी रहेका छन् । संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थाको शेयर पूँजी १६ करोड १५ लाख ७७ हजार ८०० रुपैंयाँ तथा जगेडा कोषमा १३ करोड ३६ लाख ७६ हजार ७२२ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको संस्थागत पूँजी १ ४करोड ३० लाख ६२ हजार ६८ रुपैंयाँ र अन्य कोषहरूमा ९ करोड ८८ लाख ९९ हजार ७७९ रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थाको बचत १ अर्व ४५ करोड ४६ लाख १३ हजार २८२ रुपैंयाँ र ऋण लगानी १ अर्व २९ करोड ४४ लाख ४३ हजार ५८ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको कुल सम्पत्ति १ अर्व ८२ करोड ५५ लाख ७२ हजार ७७८ रुपैंयाँ रहेको संस्थाका ब्यवस्थापन प्रमुख रामकृष्ण राय क्षेत्रीले बताएका छन् ।

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था

चरिकोट, दोलखामा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था २०५० साल भाद्र ७ गते स्थापना भएको हो । दोलखा, रामेछापलगायत जिल्लामा सेवा केन्द्रमार्फत सेवा पर्दा न छ ।

संस्थामा शेयर सदस्य २५ हजार ३१८  जना र ऋणी सदस्य २ हजार ६५० जना तथा ३२ जना कर्मचारीहरु रहेका छन् । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थामा शेयर पूँजी ७ करोड ९० लाख ५३ हजार ५०० रुपैंयाँ तथा जगेडा कोषमा ८ करोड ९६ लाख ५८ हजार ८७६ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थामा कुल संस्थागत पूँजी ८ करोड ९८ लाख २३ हजार ४० रुपैंयाँ तथा विभिन्न कोषहरूमा ७ करोड २१ लख ६० हजार ७४५ रुपैंयाँ रहेको जनाइएको छ ।

यसैगरी संस्थामा कुल बचत ९२ करोड ६६ लाख ९७ हजार ६०९ रुपैंयाँ तथा लगानीमा रहेको ऋण ९८ करोड ३५ लाख ६८ हजार ८०६ रुपैंयाँ रको जनाइएको छ भने संस्थाको कुल सम्पति १ अर्व ३१ करोड २ लाख ५७ हजार १४१ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।



Leave a comment