हाइलाइट

सहकारी अखबारकर्मी चीना थापा सम्मानीत

सहकारी अखबारकर्मी चीना थापा सम्मानीत :: Sahakari Akhabar

विराटनगर । सहकारी अखबारकर्मी चीना थापा सम्मानीत भएकी छन् । सहकारी अखबार डटकमकी कोशी प्रदेश संवाददाता चीना थापालाई विराटनगर १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । सहकारीको क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको भन्दै संस्थाले थापालाई सम्मान गरेको हो ।

सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभामा थापा सहित क्रिकेट खेलाडी ललित राजवंशी, राष्ट्रिय महिला कबड्डी खेलका कप्तान मेनुका कुमारी राजवंशी, फुटबल खेलाडी बुद्धिमान राईलाई पनि सम्मान गरेको छ । उनीहरुलाई जनही ५ हजार १ सय नगद सहित सम्मान गरेको हो ।

यसैगरी सहकारीले १० जना उत्कष्ट बचतकर्ताहरुलाई पनि सम्मान गरेको छ । १० जना उत्कृष्ट ऋणी, चार जना उत्कृष्ट कर्मचारी, संस्थामा एक दशक काम गर्ने ३ जना कर्मचारी र रक्तादान कार्यक्रममा सहभागी ८ जनालाई सम्मान गरेको छ । सभामा स्नातक तहमा बी प्लस ल्याउने सुरज कुमार रायलाई समेत नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको छ ।

सम्मानित भएका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र कुमार मण्डल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जहदा गाउँपालिका अध्यक्ष जितु साहलगायतले सम्मान गरेका थिए ।



Leave a comment