काठमाडौं । पछिल्लो समय राज्यकोषमा सहकारीको योगदान उच्च देखिन थालेको छ । अधिकांश सहकारीले कोषमा योगदान गरेबापत सम्मान पनि पाएका छन् ।
तर देशभरि सहकारीले बार्षिक कति रकम करमा योगदान गर्छन भन्ने तथ्याङ्क राज्यसंग पनि छैन सहकारीका माउ निकायसंग पनि छैन् । राज्यले अहिलेसम्म सहकारीलाई पनि बैंक तथा वित्तिय संस्थाको लिष्टमा राखेर कर लिदै आएको छ।
कर कार्यालयले आर्थिक वर्ष २०७८ / ०७९मा बैंक तथा वित्तिय क्षेत्रबाट कर बुझाउनेमा उत्कृष्ट संस्थाका रुपमा धेरै सहकारीले यो वर्ष सम्मान पाएका छन् ।
यसैमा झापाको मेची बहुउद्देश्यीय सहकारी १२ औं राष्ट्रिय कर दिवस २०८० को अवसरमा उत्कृष्ट घोषित भएको छ । संस्थालाई नेपाल सरकारलाई बैंक तथा वित्तिय संस्थाहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान गरेको हो ।
सहकारीले आर्थिक बर्ष २०७८ / ०७९ मा जम्मा २ करोड १० लाख ९० हजार ७५४ रुपैयाँ ०२ पैसा नेपाल सरकारलाई राजस्व बुझाएको सहकारीका प्रमुख कार्यकारी अधिकृत खोम बगालेले बताए ।
त्यसैगरी दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था पनि सबैभन्दा बढी आयकर दाखिला गरे बापत सम्मानित भएको छ ।
आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालयले संस्थालाई सम्मान गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८ ०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ ।
त्यसैगरी मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था पनि सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा आन्तरिक राजश्व कार्यालय हेटौडाले सबैभन्दा बढी आयकर दखिला गरेको भन्दै संस्थालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था पनि बार्हौं राष्टिय कर दिवस २०८० को अबसरमा रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्था तर्फ सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा सम्मानित भएको हो ।
त्यसैगरी काठमाडौंको जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट आर्थिक वर्ष २०७८ / ०७९मा बैंक तथा वित्तीय संस्थाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा सम्मानित भएको छ ।
काठमाडौंको मिनभवनमा रहेको मनिप्लाण्ट बचत तथा ऋण सहकारी संस्था पनि आन्तरिक राजश्व कार्यालय कोटेश्वरबाट आर्थिक वर्ष २०७८ / ०७९मा बैंक तथा वित्तीय संस्थाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा सम्मानित भएको हो ।
त्यसैगरी हरिवन सर्लाहीमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थालाई करदाता सेवा कार्यालय लालबन्दीले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आयकर तर्फ सर्वाधिक कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।
सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको जनाएको छ ।
माथिका यी संस्था प्रतिनिधि संस्था मात्र हुन् । देशभर ३० हजार सहकारीले कर दाखिला गर्ने संस्थाका रुपमा मात्र योगदान गरेका छैनन् । सहकारीले महिलाको वृति विकास र आम सर्वसाधारणमा वित्तिय चेतना पुर्याएको र कुल जिडिपिमा ५ प्रतिशतको योगदान गरेको जिकिर पनि सहकारी अभियमनको छ ।
सहकारीले समाज, ब्यक्ति अनि राष्ट्रलाई आर्थिक, सासमाजिक र सास्कृतिक क्षेत्रबाट योगदान गरेपनि त्यसको उचित कदर हुननसकेको सहकारीकर्मीको गुनाँसो छ ।
सहकारीमा लाग्ने करको दायरामा पनि राज्यले विभेद गर्दैआएको भन्दै लामो समय सहकारीकर्मीले बिरोध गरे भने सहकारीलाई राज्यले सौताको ब्यवहार गरेको जस्ता विषयमा सहकारीकर्मीले आवाज उठाउँदै आएका छन् ।
Leave a comment