हाइलाइट

सहकारी अखबारकर्मी दाहाललाई सहकारी पत्रकारिता पुरस्कार

सहकारी अखबारकर्मी दाहाललाई सहकारी पत्रकारिता पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित  कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहाललाई पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए ।

सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै संघले  दाहाललाई पुरस्कृत गरेको छ ।

संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको  कर्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहाललाई  नगद  र  प्रशंसा पत्र प्रदान गरेका थिए ।

विगत १४ वर्षदेखि सहकारी पत्रकारितामा लागेका दाहाल नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का निवर्तमान अध्यक्ष समेत हुन् । दाहाल यस अघि  राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकलगायत संघ संस्थाबाट  समेत  पुरस्कृत भईसकेका छन् ।



Leave a comment