काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संघिय संसदका सभामुख देवराज घिमिरे रहेका थिए ।
कार्यक्रममा खुत्रुके बचत तथा ऋण सहकारी संस्था, कमर्ठ सामुदायिक सहकारी र स्वावलम्बी सहकारी संस्थालाई उत्कृष्ट संस्थाको रुपमा सम्मान गरिएको थियो भने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट परिचित सहकारी र क्वायना गणेश सहकारीलाई संघले सम्मान गरेको छ ।
सभामा सस्थापक सम्मान शम्भु बहादर केसीलाई प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी पुरस्कार कर्जा अधिकृत रमिता अवालेलाई प्रदान गरिएको थियो ।
संघले यस बर्षबाट सुरु गरेको सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई प्रदान गरेको छ ।
सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे ,बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा लगायतले शुभकामन मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि घिमि।ेले राज्यले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सहकारीले काम गर्नु पर्ने भन्दै उनले सहकारीप्रति जनताको विश्वास बढाएर देशको अर्थतन्त्र निर्माणमा लाग्न आग्रह गरे ।
सहकारी ऐन र नियमावली आएको ६ बर्ष वित्दा समेत त्यसको कार्यान्वयनका लागि संरचना नबन्नु दुः खद भएको उनको भनाई छ । सहकारी क्षेत्रका समस्या बुझ्न कार्यदल बन्ने तर कार्यदलले दिएको सुझाव कार्यान्वयन नहुनु राम्रो पक्ष नभएको उनले बताए ।
सहकारीले देशको अर्थतन्त्र निर्माणको प्रमुख मेरुदण्डको रुपमा काम गरिरहेको र ७३ लाख बढी सदस्य आवद्ध हुनु सबल पक्ष भएको उनले बताए ।
सहकारी संस्थाहरुलाई नियमन गर्नका लागि ऐनमा भएका व्यवस्थालाई कसरी कार्यान्वयनमा ल्याउने र समस्या समाधानका लागि आवश्यक ऐन कानून तर्जुमा तथा हाल भएका कानूनको कार्यान्वयन गर्न सरकारलाई सहयोग गरी समस्या समाधानमा लाग्न उनको आग्रह छ ।
पछिल्लो समय केही सहकारी संस्थामा समस्या आएकाले सहकारीको आलोचना भएको भन्दै उनले इमानदारिका साथ काम गर्न नसकेका केही व्यक्तिहरुले सहकारी र लघुवित संस्थाको ऋण नतिर्न अनेकन कुराहरु गर्न गरेको बताए ।
वित्तीय पहुँच नभएका जनताको जीवनस्तर उकास्न काम गरिरहेका यस्ता संस्थाहरुको केही व्यक्तिहरुले गरेको गलत प्रचारको उनले खुलेर विरोध गरे ।
सभामा संघका अध्यक्ष बजगाईले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीहरुले दुरदराजमा वित्तीय पहुँच अभिवृद्धि, सााजिक पुँजी निर्माण, प्राकृति विपति तथा कठिन समयमा पनि नियमित सेवा प्रवाह, सामाजिक पुँजी निर्णाण, क्षमता अभिवृद्धि, महिला शशक्तिकरण, उद्यमशीलता विकास, कृषि उपजहरुको निर्यात लगायतका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए ।
केही सहकारी संस्थाले गरेको गलत क्रियाकलाप र आन्तरिक शुसासनमा नबस्दा त्यसको प्रभाव सिंगो सहकारी अभियानमा परेको उनले बताए ।
यस आर्थिक बर्षमा संस्थाहरुको क्षमता अभिवृद्धिका तालिम, अन्तर लगानी विस्तार, म्यानेजर क्लब गठन, लघु कर्जा प्रदान र सक्रिय संस्था निर्माणमा पहल गर्ने उनले जानकारी दिए ।
संघका लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्दै एउटै संस्थालाई ठुलो कर्जा नदिन र साना साना कर्जालाई प्राथमिकता दिन सुझाव दिए । संघका कोषाध्यक्ष बसन्त मालीले आर्थिक बर्ष २०७९ / ८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
संघको गत असार मसान्तसम्म शेयर पुँजी ७ करोड ४८ लाख, जगेडा तथा अन्य कोषहरु १४ करोड ५९ लाख ,बचत संकलन ९८ करोड ६३ लाख , वाह्य ऋण १७ करोड ६१ लाख र ऋण लगानी १ अर्ब ३ करोड १२ लाख रहेको छ । साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट सदस्य संस्थाहरुलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
Leave a comment