हाइलाइट

ब्यक्तिगत स्वार्थको लागि सहकारीमा स्थान छैन : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष, ढकाल 

ब्यक्तिगत स्वार्थको लागि सहकारीमा स्थान छैन : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष, ढकाल  :: Sahakari Akhabar

बिराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यक्तिगत स्वार्थ पुरा गर्ने उद्धेश्यले सहकारी अभियानको नेतृत्वमा आउनु नहुने बताएका छन् । उनले सहकारी संस्था सामाजिक सस्था भएकोले निस्वार्थ सेवागर्ने उद्धेश्य लिएरमात्र आउनुपर्ने बताए ।

मोरङको कानेपोखरीमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको एकिकरण पछिको दोश्रो बार्षिक साधारण सभामा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले अभियानले त्यस्ता ब्यक्ति पहिचान गरी निषेध गर्नुपर्ने बताए । बरिष्ठ उपाध्यक्ष, ढकालले स्वार्थ राख्नेहरुकालागि सहकारीमा स्थान नहुने भन्दै सवै अभियन्ताहरुले बिनासर्त सदस्य संघ संस्था र सदस्यकोलागि काम गर्नुपर्ने बताए ।

उनले नेतृत्व पुनर्जागरण, रुपान्तरण र आवश्यकता अनुसार परिवर्तन सबै एउटै विषय भएकोले पुनर्जागरण र रुपान्तरणका कुरा गर्ने तर परिवर्तनका लागि खुट्टा कमाउने प्रवृत्तिले ब्यक्तिगत स्वार्थ लुकेको देखिने बताए ।

मोरङको सहकारी अभियानले सिङ्गो मुलुककै सहकारी अभियानलाई दिशानिर्देश गरेको हुनाले यो अभियानलाई कसैले पनि भुल्न नमिल्ने उनको भनाइ थियो । संस्थाका अध्यक्ष त्रिभुनाथ फुयल (सन्तोष)को अध्यक्षता तथा मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।



Leave a comment