हाइलाइट

एकसयले जानी जानी, चारसयले ढंग नपुगेर गल्ति गरे : केशव बडाल

एकसयले जानी जानी, चारसयले ढंग नपुगेर गल्ति गरे : केशव बडाल :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव वडालले एकसय सहकारीमा जानी जानी गल्ति भएका कारण समस्या आएको र अरु चारसय सहकारीमा ढंग नपुगेका कारण समस्या आएको बताए ।

३० हजार सहकारी संस्थामध्ये ५ सय सहकारीमा समस्या आएको सहकारीलाई हेरेर अरुपनि उस्तै हो भनेर सबैजना एकैपटक रकम माग्न आउँदा झनै समस्या भएको बताए । उनले संकटको बेलामा सहकारी जन्मिएको बताउँदै सबै किसिमका मानिस सहकारीमा अटाउने बताए ।

विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडालले सहकारी सामाजिक व्यवसाय भएकाले संस्थालाई अगाडि बढाउँदा सामाजिक न्याय र उत्पादकत्व बृद्धिलाई सँगसँगै लिएर जानुपर्ने बताए ।

सहकारी संस्थाले नाफा कमाउन भन्दा पनि सहकारीको सिद्धान्त अनुसार चल्नुपर्नेमा उनले जोड दिए । कतिपयले सहकारीमा युक्रेन युद्ध र कोरोनाका कारण समस्या आएको भन्ने गरेता पनि गलत मनोवृतिका कारण समस्या आएको उनको भनाई छ । सहकारीका सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्न सकिएको छ छैन् हेनुपर्ने उनले बताए ।

सहकारीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी ४ करोड  ५ लाख २० हजार रहेको छ । सहकारीको निक्षेप ३० करोड २२ लाख ४५ हजार ८६५ रुपैयालल४२ पैसा रहेको छ भने ३१ करोड ८८ लाख ७५ हजार २४७ रुपैया ऋण लगानी गरेको छ ।

सहकारीले ७ करोड २ लाख २९ हजार ५८६ रुपैया ७९ पैसा आम्दानी गरेको छ भने ६ करोड ५९ लाख ६४ हजार ४७४ रुपैया ९८ पैसा खर्च गरेको छ । संस्थाले ४२ लाख ६५ हजार ११ रुपैया ८१  पैसा नाफा कमाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले स्थापना समयदेखि संस्थामा रहेर उल्लेखिय योगदान दिने टीकाप्रसाद लामिछाने र इन्दिरादेवी राईलाई सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारीको रुपमा  स्थापनाकाल देखिका कर्मचारी विजय कुमार पोदारलाई नगद ५ हजार सहित सम्मान गरेको  छ ।

त्यस्तै संस्थाले साधारण सभाको अवसरमा ओम प्रकास गोयल स्टार छात्रवृद्धि प्रदान गरेको छ । संस्थाले हरेक बर्ष सरकारी विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ११ जना विद्यार्थीलाई ७ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।

छात्रवृद्धि पाउनेहरुमा आदर्श नारायण माध्यमिक विद्यालय विराटनगरकी सृजना खड्का, सरस्वती माध्यमिक विद्यालय विराटनगरकी चन्दनी कुमारी महत्तो, विराट महेन्द्र रात्री माध्यमिक विद्यालय विराटनगरका शितल कार्की, नेपाल राष्ट्रि हरी माध्यमिक विद्यालय सुनसरीका समिर ऋषिदेवले पाएका छन् ।

त्यसैगरी आर्दश माध्यमिक विद्यालय विराटनगरकी प्रियंका झा, मिल्स माध्यमिक विद्यालय रानी विराटनगरकी बिरजु राजवंशी, मिल्स माध्यमिक विद्यालय विराटनगर सुष्मा कुमारी, मिल्स माध्यमिक विद्यालय विराटनगरका रवि किसन राजवंशी, आदर्श नारायण माध्यमिक विद्यालय विराटनगरका हेमन्त साह, विराट महेन्द्र रात्री माध्यमिक विद्यालय विराटनगरका शिवानन्द राजवंशी र सरस्वती माध्यमिक विद्यालय अरखौले खोटाङका विशाल भुजेल रहेका छन् ।

त्यसैगरी साधारण सभामा उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई सम्मान गरेको छ भने संस्थाले ३ लाखको वेनु, टिका देवी प्रसाई कोषबाट विराटेश्वर वृद्धाआश्रममा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न एवम् लत्ताकपडा वितरण गर्दै आएको छ ।



Leave a comment