हाइलाइट

राज्य र अभियानको वेवास्ताले सहकारीमा बेतिथि आयो :अध्यक्ष काशिराज दाहाल

राज्य र अभियानको वेवास्ताले सहकारीमा बेतिथि आयो :अध्यक्ष काशिराज दाहाल :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले बचतकर्ता हरुलाई ठगेर भागेका सहकारीलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिदै लगेकोले सहकारीमा विश्वास हराउँदै गएको बताउका छन्।

‘निमयनकारी निकायमको पाटो कमजोर छ । खराब अवस्थामा रहेको सहकारीलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्दै लगिएको छ । यसले गर्दा पनि सहकारीको विस्वसनीयता घट्दै गएको हो’ उनले भने ।

राष्ट्रिय सहकारी बैंकद्धारा आयोजित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ‘लगानीको कार्ययोजना बिना नै सहकारी संस्थाहरुले अनुत्पादन क्षेत्रमा लागानी गर्दै गए । घरजग्गा र शेयर बजारमा लगानी गरेका कारण सहकारीमा समस्या आएको बताए ।

अध्यक्ष दाहालले सहकारीको विधिशास्त्र नै परिवर्तन गर्न आवश्यक रहेको समेत बताए । सहकारीलाई वित्तीय संस्थाको रुपमा सञ्चालन गर्ने प्रवृत्ति अपनाउनुपर्ने बताउँदै उनले सहकारीको विधिशास्त्र र संरचनामा पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

स्वःनियमन र व्यवस्थापनमा चलेका सहकारीमा समस्या नरहेको उनको भनाइ छ। सहकारी सञ्चालन गर्न सक्ने क्षमता नभएका व्यवस्थापकले सञ्चालन गरेका सहकारीमा मात्रै समस्या आएको उनले बताए ।

पछिल्लो समय कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दीको असर सहकारी क्षेत्रमा परेको पनि उनले बताए । ‘कोरोना महामारीको असरले बचत घट्दै गयो र बजारमा तरलता अभावले सहकारीमा विश्वसनीयताको संकट आयो।

सहकारीको मूल्य, मान्यता र व्यवहारलाई लागु नगरेका कारण सहकारीहरु समस्यामा पर्दै गएको उनको भनाइ छ । सहकारीका सदस्यहरुप्रति सञ्चालकहरु जवाफदेही र पारदर्शी नभएको समेत उनले बताए ।

सहकारीको लेखा सुपरिवेक्षण समितिमा तालिम प्राप्त र अनुभवि व्यक्तिको अभाव रहेको बताउँदै उनले भने, ‘सहकारीको आन्तरिक सुपरिवेक्षणका लागि सहकारीमा बेथिती र वित्तीय अपचलन हुन नदिने व्यक्तिको खाँचो छ ।

स्वार्थ बाँझिने गरी काम हुने गरेको छ । तसर्थ संस्थाको आन्तरिक लेखा सुपरिवेक्षणमा राजनीतिक व्यक्ति नभई अनुभवि र दक्ष व्यक्तिको खाँचो छ ।

थप मुलुकमा आवश्यकता भन्दा बढी सहकारीहरु दर्ता भएका कारण पनि सहकारी क्षेत्रमा समस्या आएको बताउँदै उनले सहकारीको एउटै कानुनबाट वित्तीय विवरणहरुको काम हुदाँपनि समस्या आइरहेको बताए ।

सहकारीमा नियमित रुपमा सञ्चालकहरु दोहोरिने गरेका कारण पनि सहकारीमा समस्या आउने गरेको बताउँदै उनले भने, ‘साधारणसभामा सदस्यहरुलाई जानकारी नदिने, समयमा नै सूचना प्रकाशित नगर्ने, सञ्चालक समितिले मनोमानी निर्वाचन उपसमिति बनाई निर्विरोध निर्वाचित भएको भन्ने वेहोरा पेश गर्नेगरिएको छ’ उनले भने ।

समस्याग्रस्त सहकारीको अनुगमन र अभियान पनि सक्रिय हुन आवश्यक रहेको उनले बताए । सहकारीहरु समस्याग्रस्तबाट घट्दै गएमा मात्र अभियान सक्रिय रहेको अनुभुति गर्न सकिने उनको भनाइ छ ।

दिगो र सफल सहकारी बनाउनका लागि सहकारी शिक्षा, तालिम,सूचना र कर्मचारीको विकास अपरिहार्य रहेको उनले बताए । सहकारीमा आएको समस्यालाई समाधान गर्न संस्थाले संस्थागत पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा ध्यान दिनुपर्ने उनले बताए ।



Leave a comment