हाइलाइट

काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ता गर्ने

काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ता गर्ने :: Sahakari Akhabar


काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ता दिने भएको छ । माहनगरले त्यस्ता सहकारीहरु दर्ताका लागि सूचना प्रकाशन गरेको छ । महानगरले शुक्रबार सूचना प्रकाशित गर्दै श्रम सहकारी स्थापनाका लागि आह्वान गरेको हो ।

श्रम सहकारी संस्था मार्फत विकास निर्माण लगायत विभिन्न सामाजिक प्रवद्र्धनका कार्यहरु गर्न सहकारी स्थापनाको लागि सूचना आह्वान गरेको छ । सार्वजनिक खरिद नियमावली २०६४ नियम ९७ (क) अनुसार प्रतिस्पर्धामा भाग लिने समेत प्रयोजनका लागि सहकारी ऐन २०७४ अनुसार श्रम सहकारी संस्था गठन गरी उल्लेखित कार्य गर्न इच्छुक श्रमिकहरुले सहकारी विभागमा सम्पर्क राख्नुहुन सूचना प्रकाशित गरिएको छ ।

 
 



Leave a comment