हाइलाइट

संवेदनशील निर्णयमा सदस्यलाई बाइपास गर्नाले सहकारीमा समस्या: डा.चिन्तामणि सिवाकोटी

संवेदनशील निर्णयमा सदस्यलाई बाइपास गर्नाले सहकारीमा समस्या: डा.चिन्तामणि सिवाकोटी :: Sahakari Akhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालक डा.चिन्तामणि सिवाकोटीले सहकारी संस्थाहरुमा संचालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई संचालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले  गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए ।

राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ ।

यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए । ‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन्’ उनले भने, ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् ।

लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ । सहकारी संस्था भित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्था भित्रका सबै पक्षको समन्वय बनाउन पर्र्ने हुन्छ ।

संस्थामा संचालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई संचालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई छ । नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताएका छन् ।

उनले भने सहकारीमा अन्तरिक र वाह्य रुपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्था भित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्यसम्पादन र संचालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ ।

सहकारी संस्थाले कार्य संचालन गर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्य हितमा काम गरे नगरेको हेर्नपर्ने हुन्छ ।  संस्था प्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमा आए नआएको निरन्तर नियमन सुझाए ।

गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्यक्षता केशव वडालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले सस्थामा संचालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई  विकल्पको रुपमा मात्र हेर्ने गरेको गुनोसो गरे ।



Leave a comment