हाइलाइट

पशुपति सहकारीका सदस्यले अनलाईनबाट बचत फिर्ता मागदावी गर्नसक्ने

समस्याग्रस्त सहकारीका सदस्यलाई बचतको प्रमाण सुरक्षित राख्न व्यवस्थापन समितिको अनुरोध

पशुपति सहकारीका सदस्यले अनलाईनबाट बचत फिर्ता मागदावी गर्नसक्ने :: Sahakari Akhabar

काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यले अनलाईमार्फत मागदावी आवेदन पेश गर्न सहकारी व्यवस्थापन समितिले सूचना प्रकाशन गरेको छ । संस्थाका सदस्यहरुले आफूले पाउनुपर्ने रकमको सप्रमाणसहित समितिको वेबसाइट www.coopmc.gov.np मार्फत ३५ दिन भित्र निवेदन दिन भनेको हो ।

साथै सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारीका सदस्यलाई आफूले गरेको बचतको प्रमाण सुरक्षित राख्न अनुरोध गरेको छ । समितिले सूचना प्रकाशन गरी बचतसंग सम्वन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखि यस समितिबाट मागदावी निवेदनको आवेदन भएपछि समितिमा पेशगर्न प्रमाणहरु सुरक्षित राख्न भनेको हो ।

पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका सदस्यलाई पछिल्लो पटक सूचना जारी गरेको छ । समितिले समस्याग्रस्त घोषणा भै सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य गर्न समितिलाई जिम्मा दिएको र ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाहरुको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत निलम्बन  भएको  हुँदा उनीहरुसंग कुनै पनि वित्तीय कारोवार नर्गन पनि समितिले आग्रह गरेको छ । समितिले ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्नुहुन भनेको छ ।

सूचनामा समितिले संचालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तीहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्न निर्देशन दिएको छ । त्यसैगरी संचालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागी समितिको कार्यालयसँग मात्र काम कारवाही  गर्न पनि सूचनामा भनिएको छ । समितिले समस्याग्रस्त सहकारी घोषणा भएका १५ सहकारीहरुको ब्यवस्थापन गर्दैछ । पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारीलाई भर्खरैमात्र समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

समितिको कार्यालय बुद्धनगरमा

समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको कार्यालय काठमाडौं बुद्धनगरमा सरेको छ । समितिले सूचना जारी गरि कार्यालय सरेको जानकारी दिएको हो । काठमाडौं महानगरपालिका वडा नम्वर २९ अनामनगरमा रहेको समितिको कार्यालय हाल वडा नम्वर १० वुद्धनगरमा नेपाल हिमालय सिमापार बाणिज्य संघको भवनमा सरेको जनाएको छ ।



Leave a comment