हाइलाइट

नेतृत्वमा पोलिटिकल बायसनेसको समस्या छ : वरिष्ठ उपाध्यक्ष ढकाल 

नेतृत्वमा पोलिटिकल बायसनेसको समस्या छ : वरिष्ठ उपाध्यक्ष ढकाल  :: Sahakari Akhabar

गुल्मी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको नेृत्वतहमा पोलिटिकल बायसनेसको समस्याले सहकारीका समस्या ओझेलमा परेको बताएका छन् । उनले नेफ्स्कूनले सबै बचत ऋण सहकारी संस्थाको नेतृत्व गर्न नसक्नुको कारण पनि नेतृत्वमा पोलिटिकल बायसनेसको समस्या भएको बताए ।

आइतबार गुल्मीको सदरमुकाम तम्घासमा वचत तथा ऋण सहकारी संघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा नेफ्स्कून बचत तथा ऋणको उद्देश्य राखेर दर्ता भएका सबै प्रारम्भिक संस्थाहरुको अभिभावकीय संस्था भएपनि सबै बचत ऋण सहकारी संस्थाको नेतृत्व गर्न नसकेको बताए ।

ढकालले नेतृत्वतहबाट पछिल्लोपटक देखिएको अश्वस्थताले सहकारीमा नकरात्मकता छाएको र सहकारीका साधारण सदस्यहरुले अपेक्षा गरेका विषयहरु नेफ्स्कूनले मिलाउन नसकेको बताए । उनले सहकारी ऐन ०७४ ऐन कार्यान्वयन नहुँदा दुविधा उत्पन्न भएको उल्लेख गरे । उनले भने, ‘ऐनले जुन रुप धारण गर्नुपथ्र्यो धारणा गर्न सकेन, यसले थप समस्या बनाएको छ ।’ वित्तिय सहकारी ऐन नबन्दासम्म सहकारी सहकारीबीचको प्रतिस्पर्धी हुन की भन्ने कन्फ्लििट रहिरहने बताए ।

विगतको पाँच वर्ष सहकारी र स्थानीय सरकारबीचको सम्बन्ध शुन्यता जस्तै रहेको बताउँदै ढकालले पछिल्लो पटक भने केही सामिप्यता बढेको होकी भन्ने देखिएको बताए । सहकारी भित्रको अन्तिम लक्ष्य नै समृद्धि प्राप्ति रहेको उल्लेख गर्दै उनले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीकर्मी बन्न आग्रह गरे ।

ढकालले पछिल्लो पटक केन्द्रबाट कार्यक्रम सञ्चालन गरिदा तल्लोतहसम्म पुग्न नसकेको बताउँदै सहकारीका सदस्य संस्था र केन्द्रबीचको ग्यापिङ्ग देखिएको बताए । आफुले नेतृत्व लिइरहँदा सहकारी संघ संस्था र सदस्य बिचके यस्ता ग्यापिङ्ग कम गरेर जानकै लागि नेतृत्वको अवसर आएको र नेतृत्वकालागि दाबी गरिरहनै प्रदैन बिगतको परम्पराले नै पुष्टि गरिसकेको उनको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेश वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले प्रदेशमा ७३ संस्था आवद्व रहेको जानकारी गराउँदै यस जिल्लाबाट सदस्य संस्था जोड्न सके आगामी दिनमा प्रदेशले यहाँका सहकारीहरुको स्तरोन्नती र वृद्धि विकासका लागि तालिमको आयोजना गर्ने बताए ।

नियमित बचतलाई जोड दिन आग्रह गर्दै गुणस्तरीय र विश्वासिलो सेवा पुर्याउन समेत उनले आग्रह गरे । सहकारी अभियन्ता यमबहादुर थापाले अनियमितता भएका संस्थामा नेफ्स्कूनले किन हेर्न सकिरहेको छैन् भन्दै प्रश्न समेत गरेका थिए ।

गुल्मी युनाइटेडका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थी, लेकाली साकोसका अध्यक्ष गोपाल पन्थी, सचिव श्यामलाल कुँवरले नेफ्स्कूनबाट नियमन, अनुगमन गर्ने कार्य फितलो भएको बताए । वचत तथा ऋण सहकारी संघ गुल्मीका नवनिर्वाचित अध्यक्ष श्यामकुमार पाण्डले यहाँका सहकारीहरु नीति विधि र प्रविधिअनुसार सञ्चालनमा रहेका बताउँदै संस्थाहरुको वृद्धि विकासका लागि तालिमको आवश्यकता रहेको बताए ।



Leave a comment