हाइलाइट

सहकारीलाई बचाउने कोही छैनन्, सहकारी बैंक र नेफस्कूनको क्षमता पनि थाहा भयो : डा.युवराज खतिवडा 

सहकारीलाई बचाउने कोही छैनन्, सहकारी बैंक र नेफस्कूनको क्षमता पनि थाहा भयो : डा.युवराज खतिवडा  :: Sahakari Akhabar

काठमाडौं । पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडाले सहकारीलाई समस्या पर्द बचाउने निकाय नभएको बताएका छन् । उनले सहकारी सुरक्षित पेटीबाट हिड्दापनि दुर्घटनामा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गरे ।

चावहिलको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको  १४ औं बार्षिक साधारण सभामा बोल्दै डा. खतिवडाले वित्तीय कारोबारमा राम्रा दिन आउनलाइ अझै समय लाग्ने हुँदा सावधानीपूर्वक वित्तीय कारोबार गर्न आग्रह गरे ।

हौसिएर लगानी गर्दा तरलताको समस्या आउन सक्ने भन्दै उनले सहकारीलाई बचाउने कोही नभएकाले सावधानी अपनाउन सुझाव दिए । सहकारी बैंक र नेफस्कूनको क्षमता आफुलाई थाहा भएकाले समस्या पर्दा ती संस्थाले सहयोग गर्छन भनेर ढुक्क नहुन उनको आग्रह थियो ।

बैंकहरुलाई तरलताको समस्या पर्दा राष्ट्र बैंकले सघाउनुका साथै स्थायी तरलता सुविधा, रि फाईनान्सको सुविधाका साथै बन्ड जारी गर्न सक्छन् तर सहकारीको हकमा त्यस्तो सुविधा दिने कुनै निकाय नभएको उनले भने।संस्थाप्रति सदस्यले र सदस्यप्रति संस्थाले जिम्मेवारी पूरा गर्न सके सहकारीमा समस्या नआउने उनले बताए । सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने उनको भनाइ छ ।



Leave a comment