काठमाडौं । पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडाले सहकारीको नियमन राष्ट्र बैंकलाई दिननहुने बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने ‘सहकारीलाई नियमन गर्ने बेग्लै संस्था चाहियो भन्ने गरेका छन् ।
सहकारी राष्ट्र बैंकलाई बुझाउने गल्ती नगर्नुहोला, यस्तो गल्ती गर्नुभयो भने सहकारी र लघुवित्तिको हालत हुने । यो बाटो नहिड्नुहोला ।’ उनले भने अरुलाई आफ्नो अधिकार सुम्पेर जानु गलत हो । सहकारी स्वनियममा संचालन हुने संस्था हुन् । स्वनियमनमा बस्ने संस्थाले म तेरो स्वामित्व स्वीकार गर्छु भनेर राष्ट्र बैंकको पछि लागियो भने सहकारी स्वतन्त्र व्यवसाय नहुने उनले प्रष्ट पारे ।
Leave a comment